बाँस्कोटा धनञ्जय-
आज विश्वबजारीकरण वा विश्वब्यापीरकरणको दबदबामा बाँचेका मान्छेहरुले पाउने सिर्फ बजार हो । तिनका जीवनका हरेक स्पन्दन तिनै बजारका दैनन्दिनीमा जन्मिन्छ, तिनैमा हुर्किन्छन् र तिनैमा मर्छन् । तिनले बजारको अनुहार नहेरी, बजारको कालोबजारीसंगै हुर्केको चेतना र प्रवृृत्तिमा समाहित नभइकन जीवनको एक पल पनि बाँच्न सक्दैनन् । तिनका अनेकौ बजार छन् किनमेल गर्ने ।
म पनि तिनै बजारका स्पर्शहरुमा हराउने गर्छु । ती बजार यत्रतत्र छन् । ती हार्डवेयर बजार, सप्mटवेयर बजार, सब्जी बजार, विजुली बजार, कपडा बजार, औषधी बजार, शिक्षा बजार, मासु बजार, सुन बजार, कस्मेटिक बजार, जुत्ता बजार, झोला बजार, सुर्ती बजार, गाडी बजार, साइकल बजार, बस्तु बजार, मान्छे बजार र यस्तै यस्तै । ती बजारमा सहरको मान्छे दिनमा एकपटक कम्तिमा पनि नपुगी बाँच्न सक्दैन । जीवनलाई चलाउने यी बजार हाम्रा अभिन्न अंग हुन् ।
आज विज्ञान र प्रविधिको बढदो प्रयोग र विकासले गर्दा बजारका स्वरुप र चरित्र पनि ब्यापक बन्दै गएका छन् । अहिले हाम्रा बजारमा खुलेका अत्याधुनिक र अति नै चलेका बजार हुन् — सपनाका बजार । गजवका बजार !
सुन्दै अचम्मलाग्ने ! यी समय समयमा खुल्छन् नेपाली बजारमा । यिनको स्थापनाकाल अति नै ग्ल्यामरसपूणर् हुन्छ । त्यो बजार भीडकासाथ चल्छ । ओजपूणर्, सनसनी र उदत्त हुन्छ । इतिहासका हरेक कालखण्डहरुमा यी बजार भरिभराउ हुन्छन् ।
अहिले पनि सपनाका बजार यत्रतत्र खुलेका छन् । तपाईहरु निर्ढुक्क भएर आएर हेर्न सक्नुहुन्छ । हामी सपना देखिरहेका छौं । हामी सपनाको कथा सुनाएर लठ्ठ पारिएको बालक बन्दै गएका छौं । यही देखाइएको सपना सुन्दै जाने शिलशिलाको सुरुवात भएको युगौं बितिसकेको छ । आज जनताका नाममा सपनाका बजार खुलेका छन् यत्रतत्र । र तिनका नाममा लखिंदैछन् सपनाका कथा । लेखिंदैछन् भविष्यका जिन्दगीहरुको दिनचर्या । त्यो सपनाको थाली कहिले संविधानसभा एक, कहिले संविधानसभा दुई भएर आए । कहिले प्रजातान्त्रिक आन्दोलन भएर आए । कहिले गणतन्त्र भएर आए । कहिले संघीयता भएर आए । कहिले धर्म निरपेक्षता भएर आए । ती सिर्पm आए सपनाको बजारमा निर्धन र अज्ञानी जनताका नाममा । तिनले संविधानसभा दुई मार्पmत सपनाको जिन्दगी लेख्न लामै हुल बनाएर नयाँबानेश्वर छिरे । निकै नाटक रचे र ल्याए संविधान ।
त्यो सपनाको बजारको उत्कृष्ट सपिङ्गथियो । तर पछि क्रमशः त्यो भित्र कुहिएको फर्सी बनिरहेको छ । तिनले सुकाएका सपनाका विस्कुन हामी देख्न सक्दैनौं । खाली सुन्न मात्र सक्छौं । तिनले भन्दै जान्छन् सपनाका कथा । रंंगीन दुनियाँको बणर्न गर्दै जान्छन् । जनताले सिर्पm आँखा चिम्लेर सुन्ने समय हो यो । सिर्पm सुन्ने समय । बोल्ने अधिकार छैन कसैलाई । बोलिहाले पनि त्यसको कुनै अस्थित्व छैन । नदी सुसाए जस्तो । कसले बुभ्mने उसको आर्तनाद ? ऊ सिर्पm सुसाइरहन्छ ।
यिनै हुन् हाम्रा जिन्दगीका कथा पनि । आँखा चिम्लिएर सपना देख्ने । देखाइएका सपना सुन्ने । यति हो आजका यन्त्रमानवको काम । हामी क्रमशः यन्त्रमानव भएका छौं । आज्ञा पालना गर्ने । सपनाका कथा विश्वास गर्ने । सुन्ने । अनि सपनाका बजारमा एक थान सपना किन्ने । त्यो पनि महंगो मूल्यमा । आज संविधान नामको झुटा सपनाको बिस्कुन जोगाउन हिंडेका लावालस्कर पालेर हैरान भएका जनतालाई कति आर्थिक भार परेको छ भनेर कसंैले सोधेको पनि छैन ।
यिनले पिंmँजाएका सपनाका बजारमा सपनाको विविधता छ । ती सपना राति, दिउँसो जति वेला पनि देख्न पाइन्छ । आप्mनो च्वाइस अनुसारका सपना सुन्न, देख्न र अंगीकार गर्न पाइन्छ । यो बहुलवादी समाजले दिएको अनुपम उपहार हो । अनि सपनाको बजारबाट सित्तेैमा बम्पर उपहार खोलेर पटकपटक आगोका पाइलामा हिडन उत्साहित गर्ने आन्दोलनको सपना स्वीकार्नु परेको छ । यही हो आजका मान्छेको भाग्य । सपना साकार बनाउन भन्दै थानकाथान सेता हात्ती पालेर आँपूm क्रमशः भिखारी बन्दै जानु पर्ने बाध्यता नै सपनाको बजारको उच्च उपलब्धी हो । ती हात्तीहरु सिर्पm खान्छन् महँगो घाँस । अनि भाँडछन् सभाहरु । जनताका मनहरु । जनताका आस्थाहरु । जनताका विश्वासहरु । जनताका सदभावहरु । जनताका धर्महरु, संस्कृतिहरु । परम्पराहरु । सुख र शान्तिका पलहरु । मित्रताहरु र भाइचाराहरु । सबै भाँडिन्छन् ।
अनि मौलाउँछन् भ्रष्टाचार र तस्करीहरु । दण्डहिनताहरु । कानूनको खिलाप हुने प्रबृतिहरु । तिनले सरकार बनाउँछन् । मिलिजुली सत्ताको रागमा आनन्दविभोर हुन्छन् र फेरि सपनाका बिस्कुन लगाइदिन्छन् । तर जनताले सरकार भएको अनुभूति राजमार्गका पुलिस र मन्त्रीका गाडी देख्दामात्र महसुस गर्छन् । जनताले सरकार बनाउन चुनावमा भोट हालेर सहयोग गरेबापत तिनका सपनाका बजार बढेर गएका छन् । त्यहीँ आजकल सामानको किनमेल भइरहेको छ ।
आज जनताले सपनाका कथाका बजार बिस्तारका लागि सपनाका कथाकार प्रमूख पार्टीका प्रमूख नेताहरुलाई अभैm धेरै सपनाका विस्कुन फिँजाएर अझ धेरै सपनाका कथा बुनेर जनतालाई स्वच्छन्दवादी कवि बनाएर महानताको ढोल पिटन साथ दिइरहेका छन् । तिनले आप्mनो छाप्रो उधारेर, आप्mनो घर लथालिङ्ग पारेर भएपनि मुलुकका पार्टी कार्यालयका महल ठड्याउन सघाएकै छन् । जनताका झुप्रामा डोजर चलाएर अरवौंका मन्त्रीक्वार्टर बनाइरहेछन् । आप्mनो छाक काटेर भएपनि तिनले ती महंगा नेता र कार्यकर्ता पालेकै छन् । गरिव कार्यकर्ताका धनी नेता बनाइदिएकै छन् । आप्mना ऊर्वर जवानी र तातो रगतसँग साटेका सपनाहरुको बजार फस्टाउन दिएकै छन् । जनताले रिक्सा कुदाएर भएपनि नेतालाई महंगा गाडीमा सयर गराएकै छन् । अनि आँपूmले पनि गाडी कुदाएको सपना बाँडेकै छन् । हवाइजहाजमा उडेको सपना देखेकै छन् । आँपूmले सिटामोल नपाएर परिवारजन गुमाउनु परेपनि तिनले नेतालाई टाउको दुख्दा थाइल्याण्ड र सिंगापुर उपचार गर्न पठाएकै छन् । आँपूmले कुपी बालेर भएपनि बिजुलीको सपना बाँड्दै हिडनेहरुलाई सहयोग गरेकै छन् । अँध्यारो गाउँको सपना बाँडेर भोट आर्जन गर्नेहरुलाई सघाएकै छन् अरु बढीभोट प्राप्त गर्न ।
सपनाको बजारमा आज जनताले खरीद गरेका सामानहरुको लामै लिष्ट छ । सुक्खाले धानका गाछीहरु सुकेको समयमा पनि ती किसानलाई समुन्नतीको सपनामा लठ्याइएकै हो । देशका सुन्दर इलाकाहरुको अनुहारसम्म पनि नदेखेका जनताले नेतालाई संसार भ्रमण गर्ने सौभाग्य दिएकै हुन् । तिनले आँपूmचाहिं इन्द्रेणीको धागोबाट संसार भ्रमण गर्ने सपनामा जीवन ब्यतित गरिरहे । अहिले यी जनता सपनाको कारखाना भएकाछन् । तिनलाई अनेकौं मोडल र ब्राण्डमा ती सपना प्राप्त हुन्छन् । ती भारतीय मोडलका भन्दा चिनीयाँ मोडलका बढी उपलब्ध छन् । तिनले समानताको सपना बिस्कुन लगाउँछन् । तिनले मूक्तिको र न्यायको सपना उत्तरको मोडलमा खरिद गर्छन् । प्रजातन्त्रको, मानवअधिकारको, पे्रश स्वतन्त्रताको, स्वतन्त्रताको सपना दक्षिणतिरको मोडलमा खरिद गर्छन् । सपनकालागि तिनले फिँजाउने बिस्कुन जनताका खोराक भएका छन् । आज जनता सिर्पm सपनाका खोराक निलेर स्वास फेरिरहेका छन् । तर यी सपनाको विस्कुन लगाउनेहरुले जमिनदारलाई अझ जमिन थप्न, पूँजीपतिलाई अझ कमाउने अवसर दिन, कालोबजारी र तस्करी गर्नेहरुलाई अझ कमाइ गर्न, समानता र साम्यवादको सपना बुन्नेहरुलाई अझ रंगीन सपना बुनाउन सफल भइरहेका छन् । यिनले संघीयताका सपनापनि बिस्कुन लगाए र देशलाई तरल बनाइदिए । यिनले क्रान्तिका र परिवर्तनका सपना बिस्कुन लगाएर मान्छेका जीवनलाई निर्जिव बस्तु बन्न प्रेरित गरिरहे । मान्छेले मृत्युलाई महान उपलब्धी ठानिरहे । मृत्युलाई उपलब्धी ठान्ने भ्रम र सपनाका बजार नापैm नाफामा चले धेरै काल ।
आज सबै सपनाहरुको बिस्कुन एउटै झोलामा हालेर बाँडिरहेको छ सपना । बेचिरहेको छ सपना । जनताले छाप लगाएर दिए लाइसेन्स सपना बेच्न । घरको सपना देख्दा देख्दै बेघर भएकाहरुको सपनाको खेतीमा यी कमिसन खाइरहेका छन् । दुईछाक खान नपाउनेहरुका अनि सहरका काकाकुल र बेरोजगारहरका सपनाको बजारमा कमिसन खाएर सपना बिक्री गर्नेहरुको घुईँचोमा यी महान कहलिन सकिरहेकै छन् । नयाँ राज्यको सपना बेचेर सडकमा जनता उफार्ने खेतिमा जनताले साथ नदिएका हुन र ? आँपैंmसंग ठगिएका, पछाडि पारिएकाहरुको सपनाको ढिकुटी चुल्याएर राज गर्नेहरुको समय रहेछ यो । किनभने अव फेरि पनि सपनाको बजार फस्टाउन खोज्दै छ । मान्छेहरुलाई सडकमा उतारेर सपनाको विक्रीमा नाफा कमाउनेहरुले अहिले ब्यवसाय परिवर्तन गरेको कुनै प्रमाण भेटिएको छैन । नयाँ सपना खरीद गर्न बस्ने जमातको सिर्जना गर्न सफल हुनेलाई सफल राजनीतिज्ञ भनिन्छ क्यार । आज यही भएको छ ।
बाहलवाला प्रधानमन्त्रीले नै सपनाको डिपार्टमेन्ट स्टोर खोलेर चल्ती बजारको रचना गरेको तीन दशक भयो । त्यो जातीयताको बजार, गालीगलौजको बजार र जनतालाई त्यही सपना खरीद गर्न लगाउन अब ती सडकमा आउँदैछन् भन्छन् । अनि तिनले अर्को एक थान सपनाको पोको त्यो सपनाको बजारबाट खरीद गर्न लाउँदैछन् । धन्य छौं हामी ।