मुख्य

युवा समूहद्वारा आश्रमलाई आवश्यक सामग्री प्रदान

 

दमक/ दमक ५ गोर्खाली टोल बिकास संस्था अन्तर्गत रहेको गोर्खाली टोल युवा समूहले दमकको दुई वटा आश्रमलाई आवश्यक सामग्री प्रदान गरेको छ । समूहले गत तिहारका अवसरमा खेलेको देउसीभैली बाट संकलन गरेको रकमबाट आश्रमलाई चाहिने आवश्यकीय सहयोगी समान खरिद गरि हस्तान्तरण गरिएको छ । समूहले दमक–४ को रत्न जेष्ठ नागरिक बृद्धाआश्रम र दमक २ मा रहेको हाम्रो बाल आश्रमका बालबालिकाहरुलाई खाद्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक रोटी मेकर, पानी तताउने मेसिन कार्यक्रमका संयोजक मोहन वेघा र संयोजनकर्ता दिलिप साम्रा लिम्बूले सम्बन्धित संस्थाका व्यवस्थापकहरुलाई हस्तान्तरण गरेको कुरा टोलका अध्यक्ष देउमान साम्रा र सचिव युवराज तिवारीले जानकारी गराए ।
यसैबीच उक्त संस्थाहरुलाई गोर्खा स्पोर्टिङ क्लवबाट पनि २ कार्टुन चाउचाउ हस्तान्तरण गरिएको क्लवका उपाध्यक्ष देउमान साम्राले बताएका छन् ।

Author

You may also like