दमक/ झापाको कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारेस्थित सगुन युवा क्लवले दशैतिहार सहित छठका अवसर पारेर एकमुष्ठ रुपमा आयोजना गदैं आएको सगुन सांगीतिक साँझ यस बर्षपनि सम्पन्न भएको छ ।
अघिल्ला बर्ष झै यसवर्ष पनि क्लवले १७ औ संस्करणका रुपमा देउसीभैलीको आयोजना गरि सगुन साँझ सम्पन्न गरिएको अध्यक्ष देबेन्द्रराज आङदेम्बेले बताए ।
मंगलवारे वजारमा आयोजित कार्यक्रममा चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा ) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति दिएका थिए । तक्मे बुढाले हाँस्य तथा गायन प्रस्तुति दिएर मनोरञ्जन दिलाएका थिए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, नेपाल भारत मैत्रीयुवा संघ झापाका अध्यक्ष राजकुमार न्यौपाने लगायतका सामाजिक अगुवाहरु तथा सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो । सो अवसरमा क्लवमा योगदान पुरयाएवापत पूर्व शिक्षक तथा खेलप्रेमी डम्बरकुमार राईलाई सम्मान गरिएको थियो ।
त्यस्तै, क्लवले तिहारमा खेलिने देउसीभैलीलाई संस्थागत तथा सामूहिक रुपमा विधिवत समापन समेत गरिएको सचिव रोशन दाहालले बताए ।
सांगीतिक साँझ क्लवका उपाध्यक्ष दिपेन्द्र राईको संयोजकत्वमा सम्पन्न भयो । कार्यक्रममा दमकको भिजन डान्स सेन्टरबाट नृत्य समेत प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेको थियो ।