खेल मुख्य

दमकमा २८ असोजदेखि रोयल महिला फुटबल

दमक, २१ असोज-
दशैंको अवसरमा असोज २८ बाट झापाको दमकमा प्रदेश आमन्त्रण नकआउट दोश्रो रोयल महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
रोयल स्पोर्टिङ क्लबको आयोजनामा कार्तिक ५ गतेसम्म हिमालय माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने खेल संयोजक राजु खडकाले जनाए ।
हाल दुवईमा रहेका नेपाल बेस बल महासंघका केन्द्रीय सदस्य युवा ब्यवसायी राफ्फे कम्पनी सम्युक्त अरब इमिरेट्सका सिइओ विवेक सुवेदीले प्रतियोगिताका लागि हालसम्म सबैभन्दा बढी १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार पुरस्कारसहित ट्रफी मेडल प्राप्त गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने खेल संयोजक खडकाले जानकारी दिए ।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सीएफसी काठमाडौं, धरान महिला फुटबल क्लब, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका भोजपुर, बसाह फुटबल क्लब उदयपुर, बीवाइसी इलाम र आयोजक टिमले भाग लिनेछन् ।

Author

You may also like