Banner बिज्ञान प्रबिधि

एमडीएमएस कार्यान्वयनको प्रयास

दमक, १५ कार्तिक

नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन त्यस प्रकारको उपाय थाल्न प्राधिकरणले योजना बनाएको हो । कार्तिक ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताएका हुन् ।
सो अवधिमा एमडीएमएस प्रणालीमा दर्ता नभएमा सो मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने सूचना निकालिएको उनले जनाए । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको ठहर हुने प्राधिकरणको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् ।

You may also like