केर्खा /झापाको कमलमा रहेको समावेशी महिला सशक्तिकरण केन्द्र झापाको आठौं साधारण सभा सम्पन्न भएको छ । कमल गाउँपालिका–३ स्थित वण्डरल्याण्ड अंग्रेजी बोर्डिङ्ग स्कुलको सभाकक्षमा शनिबार सम्पन्न साधारण सभाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए ।
२०७१ सालमा स्थापना भएको संस्थाले समाजमा महिलाहरुमाथि हुने गरेका हिंसा तथा हिंसाजन्य घटना र सामाजिक विकृती, विसंगतीहरुलाई न्यूनीकरण गर्न भूमिका खेल्दै आएको छ । सो अवसरमा अध्यक्ष राईले सक्षम महिलाहरुले मात्र समाज रुपान्तरण गर्न सक्ने भएकाले महिलाहरुलाई हरेक दृष्किोणबाट सक्षम र सवल बनाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने, जग्गादाता लेखनाथ खतिवडा लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाकी सचिव भगवती राईले सञ्चालन गरेकी थिइन् भने संस्थाकी उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् ।