Banner अन्तर्राष्ट्रिय विविध

लगानी भित्राउन अन्तर्राष्ट्रिय समाज तयार

सुरुङ्गा, १५ कार्तिक

अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि लगानी भित्र्याउन आफ्नो नेतृत्व लागिपर्ने बताएका छन् ।
हालै बिर्तामोडमा सम्पन्न समाजको चौथो अधिवेशनबाट निर्वाचित भएपछि सुरुङ्गामा रोटरी क्लव अफ सुरुङ्गाद्धारा आयोजित शुभकामना भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै समाजका अध्यक्ष ढुङ्गानाले सो कुरा बताएका हुन् । समाजले यसअघि समेत १ करोडकै अक्षयकोषको स्थापना गरेर हरेक बर्ष झापाका सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्म ८० जना विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिएर अध्यापन गराइरहेको जानकारी दिए । आवश्यक परेको खण्डमा थप विद्यार्थीहरुलाई समेत अध्यापन गराउने र ती विद्यार्थीको अध्ययन राम्रो भएको खण्डमा उच्च तहसम्मको समेत अध्ययनको व्यवस्था मिलाइने वचन दिए ।
स्वास्थ्यका लागि कनकाई नगर अस्पताल वा अन्य क्षेत्रमा मिर्गौला डाइलोसिस मेशिन व्यवस्थापन लगायातका काम गर्नका लागि साझेदारी गर्न सकिने भन्दै अमेरिकामा बस्ने डाक्टर चिकित्सकहरुको टिम अमेरिकन मेडिकल एसोसिएशन समेतसँग सहकार्यका लागि समेत अन्तराष्ट्रिय झापाली समाजले पहल गर्ने बताए । ढुङ्गानाले झापाका विद्यालय र क्षेत्रमा शिक्षासँग सम्वन्धित पुस्तकालय स्थापना, शववाहन खरिद लगायातका क्षेत्रमा काम गर्न इच्छुक रहेको जनाए । कनकाई नगरपालिका २ स्थित धनुषकोटीधाम पिकनिक स्पोर्टमा महिला शौचालयको अभावमा महिला दिदीबहिनीहरुका लागि समस्या भएको भन्दै त्यहाँ संयुक्त लगानीमा शौचालय निर्माण थाल्नका लागि आफुले पहल गर्ने समेत बताएका छन् ।
उता, समाजको पदको सपथ ग्रहण लिदै ढुङ्गानाले झापामा लगानी भित्राउने र झापालाई समुन्नत झापा बनाउँने रोजगारीको सृजना गर्नका लागि पहल थालिने समेत बताएका छन् । लगानीको क्षेत्र सुनिश्चित गर्ने र झापाबाट विदेशमा गएर रोजगारी लगायातका क्षेत्रमा काम गर्ने झापालीलाई संगठित लगायातका कामहरु थाल्ने अभियान संचालन गरिने जनाए ।
समाजले झापाका क्षेत्रमा के कस्ता कामहरु गर्न सकिन्छ भन्ने बारेमा अन्र्तक्रिया कार्यक्रम समेतको आयोजना गरिएको छ । कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, रोटरी क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिना लगायतले धारणा राखेका थिए ।

You may also like