दमक, १ असोज-
हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचोका साथ पूजाआजा भएको छ ।
तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जनाए ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको थियो । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको थियो ।
काठमाडौँ उपत्यकाका गोकणर्ेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना-ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।
त्यसैगरी, कोशी प्रदेशका सवै जिल्लामा पनि तीज पर्वका अवसरमा नजिकका शिवालय मन्दिरमा ब्रतालु महिलाहरुले पूजाआजा गरेर आफ्नो मनोकामना प्रकट गरेका छन् । दमकको पशुपति मन्दिरमा विहानैदेखि ब्रतालुको घुइँचो लागेको थियो । त्यहाँ पूजाआजापछि नाचगान गरेर तीज पर्व मनाइएको छ ।
तीजको अवसरमा दमक ८ स्थित पशुपति किर्तन मण्डलीले सामूहिक पूजापछि झापा र मोरङका ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ । नाचगान सहितको कार्यक्रममा ज्येष्ठ माताहरु, झापा गाउँपालिकाकि मुनाकुमारी अधिकारी, दमक ५ कि तुलसा कोइराला, दमक ८ की शान्तिदेवी भट्टराई, राधिका खड्का, उर्लाबारी ८ की तुलसा वस्ती र पथरीशनिश्चरे १० कि विष्णुमाया दुलाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । मण्डलीकि अध्यक्ष डोयना दहालको अध्यक्षताको कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइले प्रमुख अतिथिका रुपमा सम्मान व्यक्त गर्दै नारीहरुको तीज पर्वले सद्भाव समेत कायम गर्ने वताइन् ।
कमल ५ मंगलवारेस्थित सगुन युवा क्लबले स्थानीय दुर्गा मन्दिरको प्राङगणमा आयोजित कार्यक्रममा स्थानीय किर्तन मण्डली तथा सर्वसाधारणहरुले तीज नृत्य प्रस्तुत गरेको क्लवका अध्यक्ष देवी आङदेम्बेले बताएका छन् । । कार्यक्रममा मन्दिरका अध्यक्ष समेत रहेका समाजसेवी ललितकुमार वान्तवाले सर्वसाधारणका लागि दही, स्याउ लगायतका फलफूल सौजन्य गरि सहयोग पुरयाएका थिए ।
त्यसैगरी, चन्द्रगढीमा बृहत प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । चन्द्रगढी सेवा समाज तथा दुर्गा पाञ्चायन मन्दिर भद्रपुर १० धनुषमोडको आयोजनामा आयोजित कार्यक्रममा सहभागिं १२ वटा समूहमध्ये समाज सेवाले संचालन गरेको नौमति बाजा समूह प्रथम, मैत्री टोल भजन समूह द्वितीय, एकल नृत्यमा चन्द्रा सापकोटा तृतीय र माया पाण्डेलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । विजयीलाई मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सकुन्तला पोखरेल सहितले पुरस्कार प्रदान गरेका छन् ।

-राष्ट्रपति र सभामुखबाट शुभकामना –
राष्ट्रपति रामचन्द्र पौडेलले तीजका अवसरमा सोमबार शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्नका लागि महिला वर्गमा शुभकामना दिएका छन् । यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको समेत वताए ।
यसैबीच सभामुख देवराज घिमिरेले पनि तीजको शुभकामना सन्देश प्रवाह गरेका छन् । तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने कामना गरेको सन्देशम उल्लेख छ

Author

You may also like