अर्थ मुख्य

जुरोपानी सहकारीमा शिवाकोटी

गौरादह, २१ असोज-
गौरादह -७ मा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभाले अमरदास शिवाकोटीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा अरुण कुमार शाह, सचिवमा चुडाबहादुर भुजेल र कोषाध्यक्षमा पूणर्बहादुर डाँगी रहेका छन् । सदस्यहरुमा, दुर्गामणि दाहाल, सम्पतलाल राजवंशी, सुमित्रा खरेल, यसोदा दाहाल र एलिजा दर्नाल रहेका छन् । त्यसैगरी साधारणसभाले राजेन्द्र कुमार सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । सदस्यहरुमा टेकप्रसाद अधिकारी र गंगा कार्की रहेका छन् ।
उपाध्यक्ष अरुणकुमार शाहले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा शेयर निति, शेयर कित्ता कर्जा नीति र ब्याज दर नीति सार्वजनिक गरेका थिए । संस्थाबाट सेयर सदस्यहरुले लघुवित्त कर्जा, युवा स्वरोजगार कोष कर्जा, आकस्मिक उपचार कर्जा, औषधि उपचार कर्जा, लघु औधोगिक कर्जा, व्यापारिक कर्जा, कृषि पशु मत्स्य पालन तथा कृषि औजार कर्जा, कर्मचारी आवास कर्जा, बैदेशिक रोजगार कर्जा, कर्मचारी संचयकोष कर्जा, शैक्षिक कर्जा र ब्यापारिक जमानत कर्जा लगायतका सेवा उपलब्ध गराएको जानकारी गराइएको छ । कोषाध्यक्ष पूणर्बहादुर गाँडीले आर्थिक बर्ष २०८०/०८१ मा संस्थाले १ करोड ९ लाख ७६ हजार ४ सय ४ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १४ करोड ७७ लाख २१ हजार ८ सय ४६ को कुल कारोवार गरेको उल्लेख छ । कुल सेयर पूँजी १ करोड ९२ लाख ४१ हजार ६ सय भएको संस्थाले ३ लाख ७० हजार १ सय ७ खुद मुनाफा गरेको छ । लेखा समिति संयोजक राजेन्द्रकुमार सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने १५ जना, उत्कृष्ट कर्जा कारोवारी गर्ने १५ जना, आजिवन सदस्य ३ जना, जेष्ठ नागरिक ४ जना, गत बर्षको एसईई परीक्षामा सामुदायिक र संस्थागत बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीहरु ४ जनालाई पुरस्कृत गरिएको संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले जानकारी गराए । कार्यक्रम, संस्थाका अध्यक्ष मानबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Author

You may also like