-कविता-
आखिर समय परिवर्तनशील छ
श्यामकृष्ण लम्साल-
फेरि अर्को कथा
समयले लेख्नु छ,
फेरि अर्को कोल्टे
समयले फेर्नु छ,
इतिहासमा रम्नेहरुको
वर्तमानमा झुम्नेहरुको
साँचो कथा र व्यथाको इतिहास
समयले पर्गेल्नु परेको छ ।
आखिर समय परिवर्तनशील छ
पृथ्वी गोलो छ
समयचक्र गतिशिल छ
हिजोको आज
आजको भोलिको चक्रमामात्रै
समय घुमि रहन मिल्दैन
फेरि अर्को कथा
समयले लेख्नु छ
फेरि अर्को कोल्टे
समयले फेर्नु छ ।
-भोजपुर