मुख्य

दमक नगरपालिकाको पहिलो बोर्ड बैठक

दमक/ निर्वाचनपछि दमक नगरपालिकाको पहिलो बोर्ड बैठक शुक्रबार सम्पन्न भएको छ । २ बजेलाई डाकिएको बैठक सुरु हुन लाग्दा नेवा परिवारको सम्मानले आधा घन्टा ढिलो शुरु भयो ।
निक्कै उत्तसाहका साथ बोर्र्ड सदस्यहरुले झण्डै चार घन्टा परिचय एवम् विभिन्न प्रस्तावहरु पारित गर्दैमा बिताए । निर्वाचन परिणामको अंक गणितलाई हेरेर कतिपयले अल्पमत र बहुमतबीच छलफलमा डिभेड हुने अनुमानलाई बोर्ड सदस्यहरुको आपसी हार्दिकता र दमक बनाउने कुराको एक मतले फिका पारिदिएको छ ।
बैठकमा उपमेयर रेगिना प्रसाई भट्टराईको संयोजकत्वमा ७ सदस्यीय राजश्व परामर्श समिति गठन गरेको छ । सो समितिमा कार्यपालिका सदस्यबाट २ जना इन्द्र गुरुङ र सारदा सापकोटा, विधानत वाणिज्य संघको प्रतिनिधि १ जना, प्रमुख प्रशासकीय अधिकृतले तोकेको कर्मचारी १,
घरेलु शाखाको प्रतिनिधि १ र राजश्व शाखाको प्रमुख १ रहने छन् ।
१२ करोडको वडागत बजेट सिलिङ तोकेको छ । जेठ मसान्तसम्म विद्यालय भर्ना अभियान र असार मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
वर्षाको सिजन सुरु भएकाले विपद् व्यवस्थापनका लागि नदी नियन्त्रणलाई तार, जाली खरिद गर्न २० लाख रकम छुट्याउनुको साथै निर्वाचन आयोग तथा आम मतदाताहरुलाई धन्यवाद दिएको छ ।
मेयर राम थापाको अध्यक्षतामा बसेको बैठकका बारे बहुमतमा रहेका पार्टीका एक वडा अध्यक्षले हिजो निर्वाचनको क्रममा
दमक…जताबाट निर्वाचित भए पनि आज हामी सबै दमकवासी, दाजुभाइ दिदीबहिनीहरका प्रतिनिधि हौं, दमकको समुन्नत विकास, जनताको सुविधाको बारेमा हामी एक मत भएर काम गर्छौं । हामीबीच कुनै विवाद हुँदैन । गलत कामको भने विरोध गर्दछौं ।

Author

You may also like