अर्थ मुख्य समाचार स्थानीय

दमकमा एउटै छातामुनी होलसेल व्यवसाय

दमक/ दमकमा केडी कम्प्लेक्स होलसेल मार्केटको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । दमक वडा नं. ६ को बेलडाँगी रोड डिम्याक्स सिनेमा हलको उत्तर पट्टि उक्त मार्केट खुलेको हो ।
उक्त मार्केटको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल)ले गरेका छन् । सो अवसरमा वडा अध्यक्ष टेकबहादुर थापा, इलाका प्रहरी कार्यालयका प्रमुख निशान थापालगायतको उपस्थिति रहेको थियो ।
होलसेल व्यवसायी संघका संस्थापक अध्यक्ष रिङ कुमार आचार्यलगायतले आजको आवश्यकता अनुसारको बजार खुलेको बताए ।
दमकमा होलसेल व्यवसायीहरु मिलेर खोलिएको सो मार्केटले ग्राहकले सामान जुटाउन अन्यत्र दौडनुपर्ने झन्झटबाट मुक्ति दिएको होलसेल व्यवसायी संघका अध्यक्ष राम रिमालले जानकारी गराए । उनका अनुसार उक्त मार्केटमा एकै छानामुनी धेरै सामान उपलब्ध हुने गरी रेडिमेड, अण्डर गार्मेन्ट, खेलौना, जुत्ता चप्पललगायतका सामग्री राखिएको छ ।

Author

You may also like