लेख

विसंंगतीभित्र गुम्सेको हाम्रो वर्तमान

 ==== घरभित्र अराजकताको जन्म जब सिर्जना हुन्छ त्यहाँ कुनै पनि अनिष्ट सजिलै फैलिन थाल्छ । अनिष्ट एउटा महाप्रलय ल्याउने राम्रो माध्यम हो । स्वार्थ सवार भएर भित्रिएको अनिष्टले नेपालको सबै संस्कार, संस्कृति र जनजीवनलाई पक्षघात मात्रै पारेन कि दीर्घकालसम्म रन्थनाइ रहने बनाइ दियो । समाज सञ्चालन गर्ने मुल शक्ति राजनीतिलाई नै सबैभन्दा पहिले विषाक्त बनाइ दिएपछि सहायक संरचनाहरु त्यसै नै बेकम्मा हुने निश्चित प्रायः हुन पुग्दछ । ====

–नरपति पाण्डे
जनजीविकाका अत्यावश्यक वस्तुहरु धनाढ्यहरुको कब्जामा छन् । ति धनाढ्याहरु कुनै शक्तिको आडमा निफिस्क्री अभाव सिर्जना गरेर हाहाकार सिर्जना गरिहेछन् । सुरक्षा कवचको केन्द्र भागमा दुखाउनेहरु तामसी भावमा नक्कली माग राखेर अभावग्रस्त नागरिकहरुलाई दुखाइरहेछन् । दुखाउनेहरुको रागले निराकार भाग खोजेको छ । अनगिन्ती कुण्ठाको जालोभित्र उनीहरुको आशा अल्झेको छ । विरक्तिलाई वितण्डताको रुप दिएर जनताको दुहाइ दिन पुगेकाहरु आफैँ कुहिराको काग जस्तै तिललिाउन पुगेको घटनाले अर्को मोड लिने हो कि भन्ने शंकास्पद भविष्य बनेको छ ।
देश तिनीहरुको भेष होइन कुनै पराइको हुण्डीले आशा जगाइदिन्छ र क्रोधको भाषामा निराशाको ज्वाला दन्काइदिन पुग्छन् । शिष्टाचार कथा हो असभ्यता तिनीहरुको नीतिशास्त्र हो । परिवर्तनको भेषमा नैतिक शेष राजनीति विकला¨ एउटा दुर्घटना हुन गएको छ । बाँदरमा एउटा सभ्यता छ । एउटा निश्चित भूगोल उसको विचरणको संस्कृति बन्छ । उ मानव भन्दा भिन्न संस्कार संस्कृतिमा हुर्कन्छ र वातावरणमा उसको महत्व बढेको छ । त्यसैले उ मान्छेको रहरको साधन बन्न थालेको छ । के हामी मान्छे उ भन्दा सभ्यताहीन छौं र ? हाम्रो महत्व घटेको हो ? यसको उत्तर हाम्रो वर्तमान राजनीतिले दिनु पर्दछ । तिनका छिछरा बोली र हिंस्रक कर्मले धरती जननीका अंग अंगमा फोकाहरु उठेका छन् । धन्नुकारी प्रवृत्ति तिनीहरुको महान उपलब्धि हुन पुगेको छ ।
घरभित्र अराजकताको जन्म जब सिर्जना हुन्छ त्यहाँ कुनै पनि अनिष्ट सजिलै फैलिन थाल्छ । अनिष्ट एउटा महाप्रलय ल्याउने राम्रो माध्यम हो । स्वार्थ सवार भएर भित्रिएको अनिष्टले नेपालको सबै संस्कार, संस्कृति र जनजीवनलाई पक्षघात मात्रै पारेन कि दीर्घकालसम्म रन्थनाइ रहने बनाइ दियो । समाज सञ्चालन गर्ने मुल शक्ति राजनीतिलाई नै सबैभन्दा पहिले विषाक्त बनाइ दिएपछि सहायक संरचनाहरु त्यसै नै बेकम्मा हुने निश्चित प्रायः हुन पुग्दछ । राजनीतिक वातावरण भित्र राज्यका सम्पूर्ण अ¨हरु दिशाहीन हुन पुग्छन् । जनताको स्वार्थको लागी भनेर गठन गरिएका राजनीतिक दलका नेतृत्वहरुको हविगत देख्दा मुलुकको भविष्य अनिश्चय नै छ । चौतर्र्फी संकटग्रस्त छ ।
हत्या, आतङ्क र अराजकताको वीजकोष राजनीतिलाई बनाए पछि शान्ति, समृद्धि र गतिशील भविष्यको कल्पना आकाशको फल हुँदै गयो । विचार र संगठनको द्वन्द्वात्मक सम्बन्धलाई बिगारेर क्रान्तिकारी रुपान्तरणको कल्पना गर्नेहरुले जनताको स्वार्थलाई आड मात्र बनाए । नेपथ्यमा कसैको उक्साहटमा आºनो नालायकी स्वार्थलाई मलजल गरे । सत्ता सुन्दरताको चेत गुमाउँदै दुस्साहसलाई वीरताको आत्मगौरव ठान्न पुग्दा मुलुकको तेजस्वीता नै गुमराह हुन पुग्यो । मुलुक हा“क्ने क्षमता त्यसबेला मात्र प्राप्त हुन्छ, जतिबेला बहुसंख्यक नागरिकहरुले नेतृत्वमा भएको इमान्दारीतालाई सही भएको ठहर गर्नेछन् । तर क्षणिक राजनीतिक फाइदाका लागी अपराधका सम्पूर्ण उपायहरुलाई प्रयोग गरिन्छ त्यसले दीर्घकालिन शक्ति संस्थापित गर्दैन । राजनीतिक मुग्धबुद्धि व्यक्ति र निश्चित समूहलाई मात्र फाइदा हुन्छ ।
नेपालको शिक्षा, व्यापार, कृषि, स्वास्थ्य लगायत सम्पूर्ण क्षेत्रमा व्याप्त कलहहरु थुप्रिनु राजनीतिकै कारणले भएको छ । राजनीतिलाई कमाइ खाने नोकरी र उद्योग बनाए पछि राजनीति पनि भ्रष्टहरुको थलो बन्नु स्वाभाविक हो । आफ्नो राजनीतिक दल ठूलो र शक्तिशाली बनाउन इमान्दार र नैतिवान समर्थकहरुको कर्मथलो बनाउन दलीय नेतृत्वले चाहेनन् । बरु जनताको समर्थनलाई व्याज मरनी प्रथा बनाउन पुगेका छन् । दलको नेतालाई अर्थात् पार्टीलाई ठूलो परिमाणमा आर्थिक र भौतिक सहयोग गर्ने जस्तोसुकै चरित्र भएको व्यक्ति भए पनि सहजै ग्रहण गर्ने प्रथा विकास भएको छ ।

आफ्नो व्यक्तिगत ल्याकत शक्तिशाली बनाउन त्यसरी प्रवेश गरिएका व्यक्तिलाई पार्टी र सरकारमा ठूलो जिम्मेवारी दिएर आफ्नो वर्चश्व कायम राख्ने प्रवृत्ति ‘प्रजातन्त्रवादी र क्रान्तिकारी हूँ भन्नेहरुसँग घनीभूत भएर बसेको छ । त्यस्तो आर्थिक र भौतिक सहयोग लिने दल अर्थात् नेताहरु नैतिक रुपमा सहयोग गर्नेहरु नतमस्तक हुने गर्दछन् र विसंती गर्नेले गरेका कर्तुतहरु टुलुटुलु हेर्न विवश हुन्छन् । यो अहिलेको वास्तविकता हो । भ्रष्टाचार गर्ने, कालोबजारी गर्ने, मिसावट गर्ने र सडेगलेका खाद्य सामाग्रीहरु बेच्नेहरु मौलाएको कारण यही नै हो । उपभोक्ताहरुको आवाज अर्थात् गुनासाहरु सुन्ने निकाय र व्यक्तिहरु स्वतः निस्कृय हुने गर्दछन् । अर्थात् देखेनदेखे झैं गर्दछन् ।
दूरदर्शी राजनीतिक दृष्टिकोण नहुने राजनीतिक दलहरुका नेतृत्व वर्गहरुको उच्छृङ्खल राजनीतिले गर्दा मुलुकमा शान्ति त के नागरिकहरुको दैनिकी संकटमय बन्दैछ । पार्टी भित्रका सडेगलेका गुटवाजी कृयाकलाप सुषुप्त रहने र स्वार्थ साधना गर्ने समयमा सकृय बनेर राजनीतिको हुर्मत काढ्ने गर्दछन् । अन्तरपार्टी वैमनस्यता अनुचित काम गर्नेहरुका लागि स्वर्ण अवसर भएको छ । एउटा पार्टीमा बसेर अनुचित फाइदा लिने भ्रष्ट व्यक्तिलाई अर्को प्रतिपक्षी पार्टीले फूल ओछ्याएर प्रवेश गराउँछ । यो प्रवृत्ति नेपालका सबै राजनीतिक दलहरुमा विद्यमान छ । अनि असल काम गरेर जनप्रियता लिन नसक्नेहरु आत्मासमर्पण गरेर स्थापित हुन खोज्दा त्यसले दिने मुलुकको नेतृत्व कस्तो होला ? कुशल जनपरिचालन गर्न कुशल नेतृत्वको खाँचो हुन्छ । सान्तिपूर्ण राजनीतिक विचारले परिचालित समूहहरु मात्र मुलुकका लागि महत्वपूर्ण हुन्छन् ।
मुलुकको सर्वशक्तिमान शक्ति राजनीति हो । त्यही भएर राजनीतिलाई दूषित बनाएर अप्रत्यक्ष वा प्रत्यक्ष गलत ढङ्गले स्थापित हुन खोज्ने प्रवृत्तिको सचेत नागरिकहरुले तिखो आलोचना गर्दै राजनीतिलाई सफा राख्ने पहल र प्रयत्न गरिरहनु पर्दछ । कुत्सित नियतले शक्ति र सत्ता कमाउन लालायित जमातहरुले पनि राजनीतिलाई अपव्याख्या गरेर नागरिकहरुको ढाड सेक्दै मुलुकको हित विपरीत नानानेक चालबाजी चालिरहनु पनि हुँदैन । राजनीति सर्वोपरी सञ्चालक हो । सञ्चालक भएकै कारणले राजनीतिमा भीड बढेको छ । त्यस भीडभित्र असल गुण भएको राजनीतिक जीवहरु भने नगण्य छन् ।

अर्कोतर्फ ति नगन्यहरुलाई गुटगतभीडले छोपेर निस्कृय बनाएका छन् । भएकाहरुस“ग पनि जनप्रतिनिधित्व गुण छैन । जनप्रतिनिधित्वको गुण नभएकै कारणले दुर्लभ संविधानसभाबाट विकसित हुँदै गएको लोकतन्त्र क्रमशः किंकर्तव्यविमूढ हुन थालेको छ । शान्ति र संविधान अनिश्चित भएको छ । शान्ति स्थापना गर्न अड्चन गर्ने काम विस¨तिपूर्ण व्यवहारले गरिरहेको छ । संकीर्ण व्यवहार, जडसूत्रवादी क्रियाकलाप र अवसरवादी व्यक्ति सम्बन्धको वर्तमान घटनाहरुले मौलिक परिवर्तनलाई सकस पारेको छ ।
हिंसाको विकिरणले प्यारालाइज भएको नेपाली समाजलाई सहज बनाउन मुख्य गरेर राष्ट्रिय राजनीतिका प्रमुख राजनीतिक दलहरुले आत्मा समीक्षा गर्नुपर्दछ । अरुले के गर्छन् त्यो महत्वपूर्ण हुँदैन । अत्याधिक जनसंख्या र मुलुकलाई अधिकतम लाभ के गरेर दिन सकिन्छ, त्यो महत्वपूर्ण हुन्छ ।

जनतालाई लाभ दिने कल्याणकारी काम बीच प्रतिस्पर्धा हुनु आजको राजनीतिक नेतृत्वको गुणका लागि आवश्यक छ । एउटा व्यक्ति र समूहलाई धुरी बनाएर होइन, मुलुक र नागरिकलाई धुरी बनाएर राजनीति गर्दा मुलुक र जनताको कल्याण हुनेछ ।

Author

You may also like