एकअर्काको परम्परागत शत्रुको रूपमा रहेका यहूदी इस्राएल र इस्लामिक इरान बीचको धार्मिक र जातिय युद्ध भिषण संघर्षको रूप धारण गर्दैछ । संसारमा धार्मिक युद्धको यो भयानक स्वरूप जंगलमा लागेको विनाशकारी डढेलो जस्तो आकार ग्रहण गर्दै गइरहेको छ । इजरेली राष्ट्रपति बेन्जामिन नेतान्याहु र ईरानी राष्ट्रपति र इस्लामिक धर्मगुरु अया तुल्ला खामेनेई दुवै एक अर्काका कट्टर शत्रु बनेका छन् । इरानलाई पाकिस्तान, तुर्कीये, रसिया, चीन, उत्तर कोरिया लगायत विश्वका अन्य अन्य इस्लामिक मुलुकहरूको ठुलो समर्थन रहेको बुझिएको छ ।
इरानले एकसे एक विध्वंसक हमला गर्दै इजरायली भुभागमा ठूलो विध्वंस मच्चाएको समाचारका दृश्यहरू सञ्चारका माध्यमहरुमा आउन शुरू भईसकेको छ । इजरेली सैन्य आक्रमणमा इरानका महत्वपूर्ण सैन्य अखाडाहरु पनि ध्वस्त हुँदै गई रहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका परमाणु कार्यक्रम बन्द नहुन्जेल सम्म ईरानसंग कुनै किसिमको संवाद न हुने र इरानको सम्पूर्ण परमाणु कार्यक्रम लाई सधैँको निम्ति समाप्त पार्ने चेतावनी दिई रहेका छन् । मध्य पूर्वमा युद्ध र अशान्तिको ठूलो विनाशकारी बादल मडारिदै गई रहेको छ। विगत दश दिन देखि जारी युद्धको विभिषिका मा ईरान र इजरेइली भुभागमा ठूलो संकट देखा पर्न थालि सकेको छ । इजराइलले इरानको राष्ट्रिय टेलिभिजन प्रसारण केन्द्रमा हमला गरेर ध्वस्त बनाएपछि ईरानले प्रतिक्रिया स्वरूप इजराइलको सेनाको हेडक्वार्टर माथि मिसाइल प्रहार गरेर ठूलो क्षति पुर्याएको देखिन्छ। इजराइलको दस वटा शहरमा ईरान ले मिसाइल र ड्रोन आक्रमण गरेर ठूलो चुनौती दिई रहेको बुझिएको छ । इरानको सेनाका एक जना अर्का प्रमुख कमान्डर लाई मारिएको छ। अमेरिकाली राष्ट्रपति ट्रम्पले इजराइलको समर्थनमा आफ्नो फाइटर विमानहरूलाई मध्यपूर्वमा निगरानी गर्न पठाएका छन् । अमेरिकाले अत्यन्त आक्रामक रूपमा इरानमाथि प्रस्तुत हुने संकेतहरु बाहिर आउन थालेको छ। इरानका परमाणु कार्यक्रमलाई इरानले पूर्ण रुपमा बन्द नगरुन्जेलसम्म अमेरिकाले हस्तक्षेप गर्न छोड्दैन, साथै अमेरिका र इजरायलले इरानका धार्मिक गुरु र राष्ट्रपति आयातुल्ला खोमेनी लाई तख्ता पलट गराएर नहटाउन्जेलसम्म इजरायल र इरान बीचको युद्ध रोक्ने वाला छैन भनेर दबाबहरू दिन थालेका छन् । इरानका राजधानी अस्तव्यस्त छन, त्यहाँका आम नागरिकहरु घरबार छाडेर भाग्दै छन् ।बंकर भित्र लुकेर बसेकाहरुलाई पनि बंकरभित्र नै ध्वस्त पार्ने चेतावनीहरु दिइ रहेका छन् ।
खोमेनीलाई नै मार्ने योजनाका साथ बंकर माथि आक्रमणहरू लगातार भइरहेको छ। तेहरानको सहरहरुमा आगो र धुवा को मुस्लो मात्रै देखा परिरहेको छ। इरानका एयरपोर्टहरू ध्वस्त भइसकेको छ। बंकरहरू फुटाइँदैछ। त्यहाँको सरकारलाई अपदस्त गरेर नयाँ सरकार बनाउने योजनामा अमेरिकाली राष्ट्रपति ट्रम्प लागि परेका छन्। इरानका पूर्व राजाको छोरो रजापहलवी नेतृत्वमा सत्ता सञ्चालन गर्ने तयारी का साथ अमेरिका र इजरायल युद्ध मैदानमा ओर्लेका छन् ।इरानका पूर्व राजा का छोरा रजा पहालवि इरानमा लोकतन्त्र वहालीको लागि आन्दोलन चलाई रहेका छन्।तर पनि अमेरिका र इजरायलले जति गरे पनि जे भने पनि इरान पनि युद्ध मैदानमा कमजोर देखिँदैनन्। लामो समय देखि युद्धको तयारी गरी रहेका इजरायलका स्पेस प्रतिरक्षा प्रणाली लाई इरानले ध्वस्त बनाइसकेको छ ।इजरायलको सेना प्रमुख को कार्यालय ध्वस्त भइसकेको छ ।इजरायलको स्पेस प्रतिरक्षा प्रणाली लाई नै इरानले ध्वस्त बनाइदिएपछि इजराइलमा बेग्लै खालको चिन्ता ,डर र त्रास बढेर गएको छ इजरायलसँग बंकर फुटाएर युद्ध जित्ने हातहतियार नभएको हुनाले अमेरिकाको समर्थन बिना इरान माथि विजय पाउन गाह्रो छ ।इरानले अमेरिका र इजरायललाई समान शत्रुको रुपमा लिएको छ । अमेरिकाले इरान माथि हमला गरे भने ५० हजार भन्दा बढी अमेरिकाली सेनालाई हामी मार्छौ र उनीहरूको लागि अमेरिका सरकारले ताबुत बनाएर तयार राख्नुपर्दछ हामी अमेरिकासित पनि डराउँदैनौं ,र हामी इरानको परमाणु कार्यक्रमलाई पनि बन्द गर्न सक्दैनौँ भनेर बारम्बार अमेरिकालाई चुनौती दिइरहेको अवस्था देखिँदै छ । चारैतिरबाट इस्लामिक मुलुकहरूबाट घेरिएको इजरायललाई ठूलो संकट आइपरेको देखिन्छ। इरान, टर्किए र पाकिस्तान मिलेर इस्लामिक सैन्य गठबन्धन बनाउने तयारीमा जुटेका छन् , पाकिस्तानले पनि इरानलाई साथ दिँदै इजरायललाई परमाणु बम खसालेर समाप्त पार्ने चुनौती दिन थालेका छन्। इरान इजरायल युद्धमा पाकिस्तानी सेनाको प्रत्यक्ष संलग्नताहरू पनि भेटिन थालिएको छ। इजरायली राष्ट्रपति नेतान्याहुले इरानलाई ध्वस्त पारेपछि हामी पाकिस्तानलाई पनि ध्वस्त पार्छौं भनेर हाक्काहाक्की चुनौती दिइरहेका छन् । यस्तो अवस्थामा युद्ध निकट भविष्यमा समाप्त हुने कुनै संकेत देखिँदैन । इस्राएलले इरानका तेल भण्डारहरू माथि शक्तिशाली बमहरू खसालेर ध्वस्त बनाइदिएका छन्। यस्तो अवस्थामा विश्वमा पेट्रोलियम पदार्थ र ग्यासहरू लगायतका इन्धनहरूको अभाव हुन सक्ने र विश्व बजारमा इन्धनको मूल्य मा अत्याधिक वृद्धि हुन सक्ने सम्भावनाहरू व्यक्त गर्न थालिएको छ। इरानले गरेको ड्रोन हमला र मिसाइल हमला मा इजराइली पक्षलाई ठूलो क्षति पुग्न थालेको छ इजरायलको तेलअवीव शहरमा इरानले ठूलो विध्वंस मच्चाई रहेको बुझिएको छ । तेल अवीव शहरलाई इजरेली सैन्य प्रतिरक्षा प्रणाली ले कुनै बचाउ गर्न सकेको छैन । इजराइल को एयर डिफेन्स सिस्टमलाई इरानले पूर्ण रूपमा ध्वस्त बनाई सकेको छ । इरानका सिरियल ब्यालेस्टिक मिसाइल को आक्रमणमा तेल अबिव भन्ने शहरमा रहेको सोरोका अस्पतालमा ठूलो प्रहार भएको छ। दक्षिणी इजराइली क्षेत्रका सबै भन्दा ठूलो अस्पतालमा भएको भयानक हमला पछि धन जनको ठूलो नोक्साजानी व्यहोर्नु परि रहेको छ इजरायलका १०वटा भन्दा बढी सहरहरूमा इरानी आक्रमणले तहसनहस पार्न लागेको छ । इजरायलको सुरक्षा प्रणाली जसलाई आयरन डोम भनिन्छ त्यो पुरै विनष्ट भइसकेको छ । इजरेली जनता ज्यान जोगाउन बंकर भित्र बस्न थालेका छन् ।अब इजरायलका तेल अबिव सहर गाजापट्टी जस्तै ध्वस्त हुने अवस्थामा छ । ठूलोठूला भवनहरू माथि मिसाइल आक्रमणले ठूलो क्षति पुर्याइरहेको अवस्था छ । अस्पतालमा ठूलो कोलाहल भइरहेको देखिन्छ ।भवन संरचना र यातायातका साधनहरु माथि ठूलो क्षति पुगेको अवस्था छ। इजरायलको स्टक एक्सचेन्ज को भवन पूर्णरूपमा क्षतिग्रस्त भइसकेको छ । इजराइली सेना मुख्यालय पूर्ण रुपमा ध्वस्त भइसकेको अवस्था छ । इजरायल र इरान दुइटैले एक अर्कालाई पूर्णरूपमा समाप्त पार्ने चुनौती दिइरहेका छन् ।
इजरायल र इरानमा रहेका विदेशी नागरिकहरूलाई सरकारहरूले आ–आफ्नो देशमा बोलाउन थालेको छ । त्यहाँ रहेका सबै विदेशीहरू बाहिरिदै छन् । इजरायललाई सघाउन अमेरिका तयारी अवस्थामा बसेको छ । अमेरिकाका नेवी सेना मैदानमा ओर्लिसकेको छ । युद्धको घोषणा मात्र बाँकी छ। इरानले अमेरिकाले राष्ट्रपति ट्रम्पलाई कायर भनेर हुंकार भर्दैछ । इजरायललाई समाप्त नपारी युद्ध समाप्त हुँदैन भनेर इरानले घुर्की लगाउँदैछ ।यस्तो अवस्थामा युद्धको समाप्ति हुने कुनै संकेत देखिँदैन । अमेरिका जस्ता मुलुकहरु ले पनि जतिसुकै दबाब दिन खोज्दा र शान्तिको लागि वातावरण तयार पार्ने अवसर दिँदादिँदै पनि युद्ध दिन प्रतिदिन अझ भीषण र भयानक रुप धारण गर्दैछ । इजरायल र इरान बीचको यसपालिको युद्ध परमाणु युद्धमा गएर टुङ्गिने त होइनन् भनेर विश्वव्यापी चिन्ता बढ्न थालेको छ। न्७ का मुलुकहरूले एक स्वरमा इजरायल र अमेरिकाको समर्थन गरेका छन् इजरायललाई अमेरिकाले ठूलो समर्थन गरेको छ। यस युद्धमा चीन र रुसको इन्ट्री भयो भने युद्ध अझ विनाशक र डरलाग्दो विश्वयुद्धको रूपमा परिणत हुन सक्छ ।