यतिबेला राष्ट्रिय राजनीतिमा सर्वाेच्चको फैसला पछि पुन नयाँ अध्याय शुरु भएको छ । अन्तिम प्रधानमन्त्रीका रुपमा घोषणा गरिएका देउवा र सातौं पटक सम्म प्रधानमन्त्री बन्ने भनी ज्योतिषीले उद्घोष गरेका शेरबहादुर देउवा अन्तत पुन प्रधानमन्त्री बन्न अनपेक्षित रुपमा सफल हुन पुगेका छन् । राष्ट्रिय स्वार्थलाई प्रधान विषय मान्नु पर्नेमा दलीय स्वार्थ अनि व्यक्तिगत स्वार्थका कारण गुट उपगुट र निरीह व्यक्तिगत लविङ्ग र लाभहानीले सबै राजनीतिक शक्तिहरु चरम गुटमा फसिरहेका छन्, यतिबेला हामी राष्ट्रप्रेमी स्वाभिमानी, भाग्यमानी, इमानी तथा परिवर्तनकामी हुँदाहँुदै नेतृत्व गर्ने व्यक्ति नै असल नभइदिनाले दुःख पाए साराले, अनि आ–आफ्नै तौरतारिकाहरु पनि देखिए । परिवर्तनपछि सबै राजनीतिक पदहरु खाली भए अनि परिवर्तनका वाहक नेताहरु ती पदमा आसिन हुनपुगे ।
सुखमा सम्राट भएर बसेकाहरुलाई आन्दोलनले किनारा लगाइदियो । र, भूमिगत नेताहरु बाहिरदेखि मुलुकको निर्माण र परिवर्तनको पहरेदार ठूला नेताहरु ती पदमा आसिन हुन पुगे । सुखमा सम्राट भएर बसेकाहरुलाई आन्दोलनले किराना लगाईदियो र भूमिगत नेताहरु बाहिरदेखि मुलुकको निर्माण र परिवर्तनको पहरेदार ठूला नेतादेखि नागरिकसम्म सबैको प्रमुख दायित्व हो । तर आज गम्भीरता पूर्वक मनन् गर्न जरुरी भएको छ कि देशको राजनीति र समाज के कसरी कुन ढंगले चलिरहेको छ । दलहरु देशप्रति, नेताहरु कार्यकर्ताप्रति र कार्यकर्ताहरु जनताप्रति बफादार रहेनन् भने लोकतन्त्र त कागजतन्त्र अधिकार बन्न जान्छ भन्ने तथ्यमा कुनै विवाद छैन । लोकतान्त्रिक जनआन्दोलनको इतिहास लेख्न त वर्षांै लाग्छ तर आन्दोलन पछिका वर्ष नेपाली अग्रजहरुले आदेश र इतिहासको व्याख्या गरेर नै बिताए ।
किनभने यो प्रश्न आज सर्वत्र बढिरहेको छ कि हरेक नेता बन्ने दौडधुपमा छन्, हरेक व्यक्ति स्वार्थमा दौडिरहेको छ । आजका युवा वर्ग इतिहास पढेर नै समय विताइरहेका छन् । यसरी क्रमशः दिनरात गर्दै हप्तौं र महिनौं वितिरहेको छ । वर्षहरु वित्दै छन् तर मुलुकको निर्माण लोकतन्त्रको रुपमा मात्र सीमित हुँदै गएका छन् । पदको प्राप्ति, दायित्व बोध कम मात्र बन्ने तर महात्वकांक्षी भने अधिक बढाउने गरेको देखिन्छ । आज पाएको पद छोड्न परेकाले दिन पुनः कार्यकर्ता र जनताका माझ उभिनु पर्छ भन्ने बिर्सिएर सबैलाई पद हस्तान्तरण भएको अनुभूति पार्न पनि धेरैले गरेको होलान् ।
पदमा आफू बसेका बेला केही नयाँ कार्य गर्नु पर्दछ भन्ने भावना बढाउनु पर्दछ । तर आज जुन पदमा छु त्यो समयले दियो, मेहनतले दियो, त्यसैले इमान्दारी भएर काम गरी आफ्नो नाममा राष्ट्रको नाम राख्नु पर्दछ र यो भन्दा बढी दायित्व पनि भोली निभाउनु पर्छ भन्ने भावना कम हँुदै गएको छ । पदमा जो छ ती सबै इमान्दार छैनन् पदबिहीन पनि इमान्दार छैनन् । इतिहासले ठूलो पदमा रहेका कारणले नै कसैलाई बढी संभावना दिने होइन । इतिहासले पनि मात्र मूल्यांकन गर्छ भन्ने कुरा जरुरी छैन । दुनियाँमा यस्तो व्यक्ति जन्मिएन जसले आफ्नो पदको सबै दायित्व कुशलतापूर्वक पूरा गरोस्, त्रुटि त रहन्छ नै तर पद र दायित्व प्राप्त भएका बखत जो इतिहास र समयका प्रति बफादार रहन्न उसलाई इतिहासमा एक पाना त के एक हरफसम्म पनि सम्झना गर्दैन । हरेक पद अरुले दिएको हुन्छ नेता समयले बनाएको हुन्छ । अरुले बनाएको हुन्छ । यो कुरा सबैले स्वीकार्दैनन् । कतिपय मानिस यस्ता पनि छन् । पद छ ऊ पनि छ पद छैन, ऊ पनि छैन अर्थात् पद पाउन अघि केही थिएन पद गुमेपछि केही रहन्न त्यस्ता कतिपय नेताहरु त्यस्तो पदको उपयोग आफ्नालाई जागिर दिलाउन, कमाउन, सन्तती पाल्न, आफूमात्रै सम्पत्ति थुपार्नका लागि पनि मरिमेटेको देखिन्छ ।
पञ्चायत कालमा देशभरीका पदहरुमा यस्तै मानिस विराजमान थिए । सहि काम गरेनन् जनताको काम गरेनन् आफ्नै मात्र काम गरेर बसे भनेर लोकतन्त्र प्रजातन्त्र अनि गणतन्त्रसम्मका सबैखाले तन्त्र भित्र्याइयो । लोकतन्त्रिक शासन प्रणाली अब आइसकेको छ सबैले भरोसा गरेका छन् कि कर्मचारी हुन् शिक्षक हुन् मन्त्री हुन् या पार्टीका नेता र कार्यकर्ता हुन सबैले इमान्दारीपूर्वक आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्दछ । देश एक जनाको बलले बन्ने होइन, एक क्षेत्रको विकास हुँदैमा समग्र राष्ट्र विकासित हुने होइन । त्यसैले हरेकको सहभागिता र इमान्दारिताको जरुरी पर्दछ । आदेशको होइन व्यवहारिकताको बढी जरुरी छ । यदि यसो हुन सक्यो भने मात्र लोकतन्त्रको संरक्षण हुन सक्दछ र मुलुकको निर्माण हुन सक्दछ र हिजोका दिनहरु व्यवहारिक भएर काम गर्ने दिनहरु हुन् । यो समय गाउँ र झुपडीको उन्नति गराउने समय पनि हो भन्न सकिन्छ , महलमा बस्नेले त्यति धेरै आश राखेको हँुदैन जति गाऊँ बस्तीले । मुलुक अहिले निर्माण र रचनात्मक कार्यको संक्रमणकालबाट अघि बढ्दै छ । संक्रमण भनेको निर्माण र रचनाको आधारभूत समय पनि हो तर यो अत्यन्त पीडादायी र वेदनापूर्ण पनि हुन सक्दछ । जनताका आशाहरु अत्यन्त धेरै छन् , त्यसैले आज देशपनि पर्याप्त पीडा र वेदनाले आक्रान्त छ । यस परिस्थितिमा हामी सबैले निर्माण र संरचनातिर फर्काउने । यसका निम्ति मुलुकका राजनीतिक शक्तिहरुको चिनारी राख्न मौलिक चरित्रलाई राम्रोसँग केलाउनु पर्ने स्थिति छ । लोकतन्त्रको राम्रो आधार र संस्कारको विकास नभएसम्म राजनीतिक शक्तिहरु बीच अपसी समझदारी तथा सहकार्यको खाँचो कम पर्दछ ।
संविधान सँधैभरी बनाइने र परिवर्तन गरिने दस्तावेज होइन । संविधान कार्यान्वयनको तहमा नै छौं हामी यतिबेला । संविधानवादको सिद्धान्त अनुसार संविधानमा राज्यका मूल विषयहरु संक्षिप्त रुपमा उल्लेख गरिन्छ । संविधानमा उल्लेखित विषयमा गहन अर्थ राख्ने र महत्वका हुन्छन् तर नेपालमा हरेक विषयमा समाधान खोज्दा नियम कानुन विधि प्रक्रियालाई अवलम्बन गरी अघि बढ्नुपर्ने हुन्छ । हिजो परिवर्तनका लागि गरिएका विद्रोह र बाचा कबुल आज आएर कति हदसम्म पूरा गर्ने तर्फ अग्रसर हुन गइराखेका छौं वा जाने प्रतिवद्धता गरिरहेका छौं भनेर एकपटक सोच्नु पर्ने बेला भएको छ यतिबेला । परिवर्तनका सम्वाहक मानिएका वीर सहिद परिवार, घाइते अपाङ्ग जस्ता व्यक्ति परिवारका लागि के कतिसम्म राहतका अनि जीवन निर्वाहका लागि कार्यक्रमहरु हामीले दिन सक्यौं एकपटक सोच्नै पर्ने बेला भएको छ । सरकार र सत्ताको भोगले व्यक्तिगत अनि पारिवारीक लाभ र फाइदाको केन्द्रमा सँधै रमाउने कार्य मात्र गरियो भने समय परिवर्तनशील छ । पुनः समयलाई चिन्न सकिएन भने छिट्टै किनारा लागेर पछुताउनु बाहेक केही हुनेवाला छैन ।