समाचार

विपन्नलाई ग्याँस र चुल्हो

गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ को वडा कार्यालयले आफना वडाका विपन्न तथा एकल महिलाहरुलाई खाना पकाउने सिलिण्डर ग्याँस र चुल्हो सेट वितरण गरेको छ ।
वडा कार्यालयले लक्षित समुदायका ६५ परिवारलाई खाना पकाउन सहजताका लागि जनही एक÷एक थानका दरले चुल्हो सेटसहित सिलिण्डर ग्याँसको सेट वितरण गरिएको वडा कार्यालयले जनाएको छ । हालै वडा कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरी वडाध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य भिम प्रसाद राजवंशी, वडा सदस्यहरु राजभक्त सुनुवार, जानुका गौतम, सुनिता पासवान लगायतले ती सामाग्रीहरु हस्तान्तरण गरेका थिए । वडाध्यक्ष राजवंशीका अनुसार वडा कार्यालयको कूल ४ लाख रुपैयाँको बजेटमा ग्याँस सिलिण्डर, चुल्होसहितको सेट प्रदान गरिएको हो । वडाले आगामी दिनमा पनि यस किसिमका गरीब तथा विपन्नलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने उनले बताए । सो अवसरमा लाभग्राहीका तर्फबाट फुलमाया उप्रेती, सोम सोरेन र मंगलचन्द्र झाले धन्यवाद व्यक्त गर्दै ग्याँस चुल्होको सदुपयोग गर्ने कुराको प्रतिबद्धता जनाएका थिए ।

Author

You may also like