समाचार

पहिचान गोप्य राखी विपन्नलाई सहयोग

दमक/ झापाको कमल गाउँपालिका–५ साविक लखनपुर मंगलबारेमा जन्मिएर हाल बेलायतमा बस्दै आएकी एक चेलीले आफ्नो नाम तथा पहिचान गोप्य राखेर स्थानीय क्लबमार्फत् सो ठाउँका विपन्नहरुलाई खाद्यान्न सहयोग प्रदान गरेकी छिन् । मंगलबारे बजारस्थित सगुन युवा क्लबमार्फत् निषेधाज्ञाका कारण दैनिक गुजारा गर्न समस्या भएका २५ परिवारलाई उनले खाद्यान्न राहत प्रदान गरेकी हुन् ।
क्लबले असहाय, एकल तथा अति विपन्न परिवारलाई छनौट गरी दैनिक उपभोग्य चामल, तेल, सोयाविन, नुन लगायतका खाद्यान्न राहत सामाग्री प्रदान गरेको सचिव रोशन दाहालले बताए । वितरण गरिएको राहत सामाग्री ३२ हजार ३४० रुपैयाँ बराबरको रहेको क्लबले जनाएको छ । उनका अनुसार लिला ताजपुरिया , देव ताजपुरिया ,फुदो ताजपुरिया ,चित्रा दर्जी, ईन्दिरा दर्जी ,नैनाकला दर्जी, रामवति राजबंशी, तालामुई मूर्मु , ललाकुमारी नेपाली , बुडो चौधरी, मंगली योङ्हाङ, गाठिलालनी ताजपुरिया, बाङ्गरू राजवंशी, राजु राजवंशी, वीरबहादुर तामाङ ,मिना भुजेल , धारू राजबंशी , बिनोद राजबंशी ,दुर्गा पौडेल ,प्रमिला ताजपुरिया , रिता मुर्मु लगायतका घर घरमा पुगेर त्यस्तो राहत वितरण गरिएको छ । राहत वितरणमा क्लबका अध्यक्ष देवी आङदेम्बे लगायतका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

Author

You may also like