दमक, ०३ माघ। दमक ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) की कक्षा ११ मा अध्ययनरत कृतज्ञता थापा अन्तराष्ट्रिय स्तरको सेमिनारमा भाग लिन भारत गएकी छन् । राष्ट्रिय सेवादल (एनसिसि)मा आबद्ध विद्यालयका १५ हजार एनसिसि क्याडेटहरूमा छानिएकी उनी भारतमा माघ १ गतेदेखि १६ गतेसम्म आयोजना हुने युथ एक्सेन्ज कार्यक्रममा भाग लिन त्यसतर्फ गएकी हुन् । जेम्सका प्रिन्सीपल सागर श्रेष्ठका अनुसार भारतको बिभिन्न राज्यहरूको भ्रमण गरि आफ्नो कला कौशल प्रस्तुत गर्न नेपालभरबाट १६ जना क्याडेट (विद्यार्थी) मध्ये उनी समेत यसमा छानिने अवसर पाएकी हुन् ।
तालिमका विभिन्न विधामा प्रस्तुत गरेका क्षमता, कला, कौशल र अनुशासनको पालना गरेको आधारमा उनले यतिको ठुलो सफलता पाएकी प्रिन्सीपल श्रेष्ठले बताईन् । कृतज्ञता विद्यालयकी मेघावी विद्यार्थी भएकीले यस अवसरबाट उनले धेरै सफलता प्राप्त गर्ने विश्वास रहेको प्रिन्सीपल श्रेष्ठले बताएका छन् ।
उनका अनुसार उक्त कार्यक्रममा अमेरिका,बेलायत,अफ्रिका देशहरु तथा सार्कका गरि २३ देशका क्याडेटहरू सहभागी हुनेछन् भने सहभागि क्याडेटहरुले भारतको राष्ट्रपति द्रौपदी मुर्मु, सुरक्षा मन्त्री लगायतका उच्चपदस्थलाइ समेत भेटने र छलफल गर्ने मौका पाउने समेत पाउने छन् । कृतज्ञताले भारतको दिल्ली, आग्रा, राजस्थान,जयपुर जस्ता विभिन्न राज्यहरुको भ्रमण गर्नुको साथै त्यहाँका विशिष्ट कार्यक्रममा सम्बोधन तथा भेटघाट गर्ने अवसर समेत पाउने प्रिन्सीपल श्रेष्ठले जानकारी दिए ।
