समाचार

गौरादहका भीम भण्डारी श्रीमती हत्याको आरोपमा जेल चलान

Gauradaha

दमक/ झापा गौरादह १ का ६४ वर्षीय भीम भण्डारीलाई श्रीमती हत्याको आरोपमा जेल चलान गरिएको छ ।

झापा जिल्ला अदालतको आदेशमा भण्डारीलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको थियो ।

उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको होे ।

श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो ।

गौरादह १ मा घरमै रहेका बेला मनमायाको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौडा प्रहार गरी उनको हत्या गरिएको बताइएको छ ।

Author

You may also like