समाचार

मुखबाट पत्थरिया निकालियो

विराटनगर, १५ पुस।

विराटनगर स्थित नोबेल अस्पतालले मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको पत्थरिया निकाल्ने प्रविधि ‘इआरसीपी’ बाट उपचार थालेको छ ।
यसखाले उपचारका लागि पूर्वका विरामीहरुलाई काठमाडौं नै पुग्नु पर्ने बाध्यताको अन्त्य गर्दै नोबेलले केही दिन अगाडि एक जना ७२ वर्षीया बृद्धाको पित्त नलीमा रहेको ५० वटा ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकेको हो । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागेपछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का नेतृत्वको चिकित्सा टोलीले उनको इआरसीपी प्रविधिबाट ढुंगा निकालेको हो । ५० वटाको संख्याका ६ देखि १० एमएमका पत्थर इआरसीपी प्रविधिबाट एकै प्रयासमा निकाल्न सफल भएको डा. खड्काले बताए । विरामीको अवस्था अहिने सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको जनाए ।

Author

You may also like