देश–समाज राजनीति समाचार स्थानीय

दमकमा पूर्व जनप्रतिनिधिवीच पूनर्मिलन

दमक/ दमक नगर पालिकाले पूर्व जनप्रतिनिधिहरु संग पूनर्मिलन कार्यक्रम गरेको छ । नगरपालिका परिषरमा विहिबार एक कार्यक्रम गरि नगरका पूर्वजनप्रतिनिधिहरुवीच पूर्नमिलन कार्यक्रम गरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रमका विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले प्रकाश पारेका थिए ।
सो कार्यक्रममा दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओली, तत्कालीन दमक नगर पञ्चायतका प्रधानपञ्च बलभद्र अधिकारी, पूर्व उपप्रमुख मोहन धिमाल, लोकबहादुर धिमाल लगायत विभिन्न कालखण्डका वडाअध्यक्ष, वडा सदस्यहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उनीहरुलाई दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, कार्यपालिका सदस्य शारदा भट्टराई लगायतले खादा, दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए । दमकको विकास ,समृद्धिमा पूर्व जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुको अनुभव आदानप्रदान गर्न उद्देश्यले तिहारका अवसर पारेर यस कार्यक्रम तय गरिएको नगर प्रमुख थापाले बताए । पूनर्मिलन कार्यक्रममा नगरपालिका वडाअध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

Author

You may also like