२२ साउन, दमक । दमकका कलाकार टंक ढकालको नेतृत्वमा झापामा हाँस्य तथा लोकदोहोरी कलाकर्मीहरु संगठित भएका छन् । बिर्तामोडमा सोमबार सम्पन्न हाँस्य तथा लोकदोहोरी कलाकर्मीहरुको भेलाबाट गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला गठन गरेर उनीहरु संगठीत भएका हुन् ।
एम्बुलेन्स सञ्चालक ढकाल हाँस्य क्षेत्रका निकै आशलाग्दो प्रतिभा मानिन्छन् । नवगठित तर्दथ समितिको सहसंयोजकमा राजु गिरी चुनिएका छन् भने सदस्य सचिवमा गुमानसिंह तामाङ रहेका छन् । आर्थिक संयोजकमा कमला नेम्बाङ चुनिइन् । समितिको सदस्यहरुमा राम विष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी, निरज पोख्रेल, अपेक्षा तामाङ, भिमप्रसाद न्यौपाने, ओम कँडेल, अम्बिका प्रसाद फूयल, सन्तोषकुमार आले मगर, रोहित नेपाल, ज्ञानु सुब्बा लगायत रहेका छन् ।

Author

You may also like