दमक। केही दिनको गिरावटपछि सुनको मूल्यमा एकै पटक १३ हजार बढीले कारोबार भईरहेको छ । बिहीबार (कात्तिक १९) सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २६५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।