
दमक/ साउन महिनाको पहिलो सोमबार दमकको पशुपतिनाथ र धनेश्वर मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको थियो । यस्तै पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधाराधामसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको थियो ।
दमक–६ स्थित पशुपति मन्दिरमा भजन–कीर्तन, गंगा आरती, विशेष पूजा–आराधना तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । भगवान् शिवप्रति आस्था र श्रद्धा प्रकट गर्न बिहानैदेखि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।
श्रावण महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विष भगवान् शिवले ग्रहण गरी सृष्टिको रक्षा गर्नुभएको विश्वास गरिन्छ । त्यसको स्मरणस्वरूप श्रावण महिनाभर शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो र फूल चढाई पूजा गर्ने परम्परा रहिआएको छ । विशेषगरी सोमबार भगवान् शिवको दिन मानिने भएकाले श्रावणका सोमबारहरूमा व्रत बस्ने, जलाभिषेक गर्ने र शिव आराधना गर्ने चलन प्राचीनकालदेखि नै रहँदै आएको छ ।
यही धार्मिक परम्परालाई निरन्तरता दिँदै पशुपति आध्यात्मिक महिला समूहले सोमबार विविध धार्मिक कार्यक्रम आयोजना गरेको समूहकी अध्यक्ष रिता थापाले बताईन । थापाका अनुसार बिहान साढे ७ बजेदेखि साढे ८ बजेसम्म सत्यसाई केन्द्रद्वारा भजन–कीर्तन गरिएको थियो । त्यसपछि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म
पहिलो…शिवभक्तिमय वातावरणमा भजन–कीर्तन, सामूहिक पूजा तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिएको थियो । साँझ ६ बजे गंगा आरती सम्पन्न गरिएको छ ।
थापाले श्रावण महिनाभर प्रत्येक सोमबार यस्ता धार्मिक कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने बताइन् । उनका अनुसार यस्ता कार्यक्रमले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समाजमा नैतिकता, सद्भाव र आध्यात्मिक चेतना फैलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसै अवसरमा सामाजिक संस्था पहिलो पाइला नेपाल, दमक शाखा ले मन्दिरमा दर्शन गर्न आएका भक्तजनलाई प्रसाद वितरण गरेको छ । संस्थाका अध्यक्षराजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक व्यक्तित्व गणेश श्रेष्ठ, शेरबहादुर भट्टराई, संस्थाका सल्लाहकार महेश
घिमिरे, केन्द्रीय सचिव दिवस खतिवडा, कार्यक्रमका प्रायोजक तथा सल्लाहकारराजीव पूर्वेलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागितारहेको थियो । संस्थाकी सचिव पूजा दाहालले अघिल्लो वर्षझैँ यस वर्ष पनि श्रावण महिनाभर दमकका विभिन्न शिव मन्दिरमा प्रत्येक सोमबार प्रसाद वितरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । धार्मिक पर्वसँगै सामाजिक सेवाको भावना जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
श्रावण महिनालाई आत्मसंयम, शुद्धतार भक्तिको महिना पनि मानिन्छ । विशेषगरी अविवाहित महिलाले असल वरको कामनार विवाहित महिलाले परिवारको सुख, शान्ति तथा श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारको व्रत बस्ने चलन नेपाली समाजमा व्यापक छ । पुरुष भक्तजन पनि परिवारको सुख–समृद्धि, स्वास्थ्यर कल्याणको कामना गर्दै शिवपूजामा सहभागी हुने गरेका छन् ।
कार्यक्रममा सहभागी भक्तजनले यस्ता धार्मिक तथा सामाजिक गतिविधिले नेपाली संस्कृति, परम्परार धार्मिक मूल्य–मान्यताको संरक्षणर प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले श्रावण महिनाको धार्मिक महत्वलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यकरहेको पनि बताएका थिए । सोही अवसरमा पहिलो पाइला नेपालकी सचिव पूजा दाहालको जन्मदिनको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, स्वयंसेवक तथा उपस्थित भक्तजनप्रति आयोजक संस्थाहरूले आभार व्यक्त गरेका छन् ।