पाँचथरका वडाध्यक्षको मृत्यु

चैत्र-२१ गते ।  पाँचथर फिदिम नगरपालिका-५ का वडाध्यक्ष लिलानाथ तुम्बापोको मृत्यु भएको छ ।

३७ बर्षीय तुम्बापोको झापाको विएण्ड-सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई झापामा ल्याई उपचार गराई रहेकोमा उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको उक्त कार्यालय जनाएको हो।

Leave a Reply

Your email address will not be published.