समाचार

काेराेनाबाट विश्वभर ५४ हजार बढीकाे मृत्यु, १० लाख बढी संक्रमित

चैत्र २१ । काेराेना (काेभिड–१९) काे संक्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ५४ हजार २ सय २६ पुगेकाे छ ।

विश्वभर संक्रमण भने १० लाख ३० हजार ५ सय ७० पुगेकाे छ । त्यस्तै २ लाख २० हजार ३१ जना निकाे भएका छन् ।

काेराेनाकाे संक्रमणबाट अमेरिकामा ६ हजार ९५ जनाकाे मृत्यु भएकाे छ भने २ लाख ४५ हजार ३ सय ८० जनामा संक्रमण देखिएकाे छ । स्पेनमा १० हजार ९ सय ३५ जनाकाे मृत्यु भएकाे छ भने १ लाख १७ हजार ७ सय १० जनामा संक्रमण देखिएकाे छ । इटालीमा १३ हजार ९ सय १५ जनाकाे मृत्यु भएकाे छ भने १ लाख १५ हजार २ सय ४२ जनामा संक्रमण देखिएकाे छ । जर्मनीमा १ हजार १ सय ११ जनाकाे मृत्यु भएकाे छ भने ८५ हजार ६३ जनामा संक्रमण देखिएकाे छ । फ्रान्समा ५ हजार ३ सय ८७ जनाकाे मृत्यु भएकाे छ भने ५९ हजार १ सय ५ जनामा संक्रमण देखिएकाे छ । इरानमा ३ हजार २ सय ९४ जनाकाे मृत्यु भएकाे छ भने ५३१८३ जनामा संक्रमण देखिएकाे छ । स्वीजरल्याण्डमा ५ सय ७३ जनाकाे मृत्यु भएकाे छ भने १९ हजार ३ सय ३ जनामा संक्रमण देखिएकाे छ । नेदरल्याण्डमा १ हजार ३ सय ३९ जनाकाे मृत्यु भएकाे छ भने १४ हजार ६ सय ९७ जनामा संक्रमण देखिएकाे छ । अष्ट्रेलियामा २८ जनाकाे मृत्यु भएकाे छ भने ५ हजार ३ सय ५० जनामा संक्रमण देखिएकाे छ । साउथ काेरियामा १ सय ७४ जनाकाे मृत्यु भएकाे छ भने १० हजार ६२ जनामा संक्रमण देखिएकाे छ । याे अपडेट शुक्रबार साँझ ५ः२५ बजेसम्मकाे हाे ।

Author

You may also like