समाचार

राहत वितरणमा राजनीति नगर्न दमक नगरपालिकालाइ कांग्रेसकाे सुझाव

दमक २१ ।  दमक नगरपालिकाले संकलन गरेकाे राहत सामग्री वितरणमा अनियमितता हुन नदिन प्रतिपक्ष नेपाली कांग्रेसकाे एकजना प्रतिनिधि काेषकाे सदस्य राख्न नेपाली कांग्रेस नगर सभापति राेशन बिष्टले माग गरेका छन् ।

विष्टले फेसबुक मार्फत् अाफ्नाे पार्टीले संकलन गरेकाे राहत सामग्री वितरण गर्न सक्ने भए पनि सहमतिमा स्थानीय सरकारलाइ साथ दिएर एकद्वार प्रणाली मार्फत् राहत वितरण गर्ने कुरामा साथ दिएकाे बताएका छन् ।

अति बिपन्न, ज्यालादारी तथा मजदुरहरूकाे सही पहिचान गरी  राजनीति पूर्वाग्रह नराखी राहत वितरण गर्न समेत सुझाव दिएका छन् ।

राहत संकलन तथा वितरणमा अनियमितता हुने भन्दै बिष्टले त्यसलाइ पारदर्शी बनाउन हिसाबकिताब सार्वजनिक गर्न समेत सुझाव दिएका छन् ।

दमक नगरपालिकाले अति बिपन्न, ज्यालादारी तथा मजदुरहरूलाइ वितरण गर्नका लागि केही दिनदेखि राहत संकलन गर्दै अाएकाे छ । उक्त राहत संकलन काेषमा १० लाख भन्दा बढी रकम जम्मा भइसकेकाे नगरपालिकाले जनाएकाे छ ।

You may also like