दमककाे सरस्वती मा.वि.मा कक्षा १२ मा अध्ययनरत वेचन ठाकुर यतिबेला ‘क्रिएटिभ काेराेना’ कार्यक्रममा सहभागी भएका छन् । उनले विभिन्न प्रकारका चित्रहरू हातले काेरेर उक्त कार्यक्रममा सहभागी भएका हुन् ।
काेराेनाकाे याे संक्रमणलाइ राेक्न देशभर लकडाउनकाे अवस्थामा घरमा बसेर चित्र काेर्न प्राेत्साहित गर्ने उक्त कार्यक्रमकाे उदेश्य रहेकाे बताइएकाे छ ।
क्रिएटिभ काेराेना नामक फेसबुक पेजमा उनले बनाएका चित्रहरू राखेर ठाकुरलाइ सम्मान तथा धन्यवाद दिइएकाे छ भने ति चित्रहरूलाइ अधिक शेयर गर्न उक्त पेजले अनुराेध समेत गरेकाे छ ।
दमकमा रहेर उनले विशिष्ट व्यक्तिहरूकाे फाेटाे हातैले बनाएर उनीहरूलाइ उपहार स्वरूप दिएका समेत छन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कलाकार हरिवंश अाचार्य, प्रधानमन्त्री केपी शर्मा अाेलीकाे समेत फाेटाे हातले नै काेरेर बनाएका छन् ।
ठाकुरले बनाएका चित्रहरूः