हामी फनफनी एक फन्को लगाएको पाँच दिन भइरसकेको थियो । मुग्लिङको स्वादिष्ट खानाको स्वाद दिएर हामी नाराणघाट तर्पm लाग्यौं । त्रिशुलीको किनार त्राश र लासका कयौ कथा बोकेर बगिरहेको थिायो । ती कथाहरूले रंगिएको त्रिशुली किनार निकै शान्त जस्तो लाग्यो । यति शान्तको पनि यति बिध्न ठूलो आवाज । हामी पनि त्यही नदीको वेग र लय समात्दै समात्दै नारायणगढ आइपुग्यौं ।
हाम्रो त्यहाँको एउटा गन्तब्य बालकुमारी कलेज थियो । हामी गेटबाट प्रवेश गर्दाको चकमन्नताले सभाघण्टाको समयमाथि राज गरिरह्यो । जब हामी, माथिल्लो तलातर्पm लाग्यौं, अभाबहरको क्यानभास निर्माण हुँदैगयो । जानीका धाराहरूले आराम गरिरहेका थिए । जेठको प्रचण्ड गर्मीले शरीर पानीको खोजीमा थिए, तर ती बास बसिरहेका थिए । आराम गरिरहेका थिए । दिवास्प्नमा थिए । मौन थिए । अनि ट्वाइलेटहरू आप्mनै ‘सुगन्ध’ को साम्राज्य चलाइरहेका थिए । त्यो साम्राज्यमा प्रवेश गर्न निकै मुस्किल थियो, तर प्रवेश गर्नु पनिा थियो ।
बैठक हलमा अनौपचारिक परिचय पछि क्याम्पसका ‘गुड प्राक्टिसेस’ को बारेमा छलफल भयो । क्याम्पस प्रमूख कूलचन्द्र पण्डीतका कुरा सुन्यौं । लाग्यो, एउटा युवा तर समयले गलाएको । एउटा युवा तर परिस्थितिले निन्याउरो बनाएको । लाग्यो, एउटा युवा तर गुणस्तरीय शिक्षाको लागि तड्पिरहेको । लाग्यो, एउटा युवा तर राजनीतिका कुरूप कोलाजहरूले मरणासन्नहुनेगरी एैंठन्याएको । लाग्यो, एउटा युवा तर कुरूप समयको वेगले किनाराकृत भएको कमजोर पौडीवाज । अनि तिनकै केही कुराहरू सुन्यौं । अर्थात् सिर्जना गरिएका पीडाका कुरा । वेदनाका कुरा । एउटा शैक्षिक संस्थाभित्र भएका अकल्पनीय कोलाजका अव्यक्त कुरा । राजनीति र त्यसले जन्माएका गुटहरूले सिर्जना गरेका ‘कहिल्यै नअस्ताउने’ किरणहरूका अव्यक्त कुरा ।
सामुदायीक संस्थामा काम गर्नेहरूले संस्थालाई आप्mनै नीजि ठान्ने अनि दलका गुट उपगुट बनाएर आप्mनै एैनमामा धूलो हान्न रमाउँदा रहेछन् अचेल मान्छेहरू । अनि गाइको टाउकाले होइन, गाइको पुच्छरले गाईलाई हाल्लाएको महसुस पनि भयो । चीसो मोहीको चुस्कीसंगै ताता कुराहरू बिट मार्दै हामी लाग्यों हेटौंडा तर्पm ।
हामी हेटौंडास्थित मकवानपूर बहुमुखी क्याम्पस आइपुग्यौं । विशाल भवनहरूको घेरामा रहेको क्याम्पस प्रमूखको कार्यालयमा प्रवेश ग¥यौं । साँझ परिसकेको थियो । यति हुँदा हुँदै पनि, जब क्याम्पस प्रमूखको नामप्लेट पढें, एउटा अत्यासलाग्दो उत्कण्ठा थियो । एउटा हठात चुलिएको जिज्ञासा थियो । परिपक्क देखिने व्यक्तिन्व, समुद्र जस्तै शान्त, क्याम्पसको आगत, वर्तमान र बिगतलाई शुक्ष्म हेरेका अनि क्याम्पसको भविष्यका चूनौती र आप्mना योजनाहरू सौम्य तरिकाले भन्न थालेपछि त्यो नेम प्लेटमा लेखिएको क्याम्पस प्रमूख डा. याम सिलवाल अभैm घनीभूत आचार्यमा रूपान्तरित हुनुभयो । के के समस्या आउन सक्छन् र तिनको समाधानका लागि के गर्दै छ त्यो क्याम्पसले भन्ने कुरा जीवन्त प्रकट भए ।
विद्यार्थीको पलायन र बिदेश मोह, उच्च ड्रप आउट, माध्यमिक तहका कक्षा ११ र १२ बारेका समाधानबारे उहाँका कुरा जीवन्त र अब्बल लागे । विश्वविद्यालयमा स्कुलतह सञ्चालन गर्न नमिल्ने भए पछि कक्षा ११ र १२ सचालन गर्न उहाँहरूले नगरपालिकामा सामुदायीक विद्यालय दर्ता गरेर अलग्गै स्थानमा विद्यालय सञ्चालनमा ल्याइसक्नु भएछ । आप्mना प्राध्यापकहरूको कक्षा त्यता पनि हालेर सेवाहरू मिलाउनुभएको रहेछ । त्यो कर्म उहाँहरूले तीन बर्षअघि नै सुरू गर्नु भएको रहेछ जुन बेला विश्वविद्यालय अनुदान आयोगले विद्यालय तह हटाउनु भनेर सुझाव दिएको थियो । यस्तो परिपक्क सोच भएको एउटा परिपक्क व्यक्तिसंगको साक्षातकार थियो त्यो । सञ्चालक समिति पनि रचनात्मक रहेकोले उहाँलाई यी कमैहरू गर्न सहज भएका रहेछन भन्ने लाग्यो । उहाँसंग सहायक क्याम्पस प्रमूख, आइटी प्रमूख र अर्का विभागीय प्रमूख थिए । हामी सात जना त छँदै थियौं ।
साँझा छिप्पिसकेको थियो । क्याम्पस प्रमूख डा. सिलवाल त्यतिमै रोकिनुभएन, उहाँको उच्च संस्कार अकल्पनीय थियो । उहाँले प्याराडाइज होटलको सुविधासम्पन्न बिस्तारामा रात बिताउने चाँजोपाँजो गरिदिनुभयो । त्यति मात्र नभएर, खानाको लागि उहाँहरू हामीसंगै समावेश हुनुभयो । आइटीको सर मधेस मूलको हुनुहुँदोरहेछ, ‘नार्सिसस’ जस्तै, आप्mनै प्रशंसामा रमाउने । मैले पनि उहाँलाई ‘तपाई यहाँको बालेन हो’ भन्दिएको त उहाँ रमाएर बुरूक्क उफ्रिँदै नारायण सरसंग सेल्फी खिच्न थाल्नुभयो । त्यो अविश्मरणीय क्षण रह्यो । खानापछि सहायक क्याम्पस प्रमूखले खानाको जम्मा रकम उहाँहरूकै क्याम्पसको नाममा होटलको खातामा लेखेर सही गर्नुभयो । उहाँहरूमा त्यो अतिथि देवो भवः प्रकट भएको पनि देखें । र उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्न मन लाग्यो । बालकुमारी कलेजका अवयवहरू, कोलाजहरू हेटौंडाको यो क्याम्पसमा आइपुग्दा विपर्यमा प्रकट भए । उल्टिए । एउटै काम गर्नेहरूका कोलाज कसरी विपरित दिशामा कुद्न सक्छन् ? तर यहाँ त्यस्तै देखियो ।
पोखराका दुईवटा क्याम्पस, नारायणघाटको एउटा क्याम्पस, हेटौंडाको एउटा क्याम्पस एकैदिनमा अवलोकन गरिसक्नु परेको थियो । त्यही भएर समय हाम्रो अनुकूल थिएन । त्यसमा पनि क्याम्पस प्रमूख सरलाई बाटामा फोन आइरहन्थ्यो । कसले हो थाहा थिएन, तर उहाँको लगभग एउटै उत्तर हुन्थ्यो, ‘हामी भरसक ….आइपुग्छौं ।’ यसको उत्तरवर्ती अर्थ स्पष्ट थियो । उहाँलाई भ्रमण छोट्याउनु पर्ने बाध्यता थियो ।
प्याराडाइज होटलबाट बिहानै हामी पूर्व लाग्यौं । मौलीमा आएर खाना खायौं । सप्तरीमा आएर बाजेका पेडा किन्यौं । अलिअलि धाक लायौं । धेरै सिकियो भन्यौं । ‘तपैंका अरू पात्र खोइ ?’ बासु सर मलाई करउँदै हुनुहुन्थ्यो ? मैले मेरा अरू पात्र खुलाईंन, खुलाउन मन पनि लागेन । किनभने मेरा पात्रले नै मसंग बिद्रोह गर्न थाले । गाली गर्न थाले । सराप्न थाले । मैले तिनीहरूको घाँटी समाउन पनि मिलेन । बरू सहेर बाँच्नु उचित थियो मैले, किनभने ती पात्रहरू मलाई बाँचुञ्जेल चाहिरहन्छन् । तिनकै सहायताले मैले जीवन गुजार्नु पर्ने हुन्छ ।
आफ्ना पात्रहरू आफ्नै सन्तान हुन् ।
जोगाउनु पर्छ तिनलाई जति मुख छाडे पनि । शैक्षिक संस्था चलाउनेहरूका आप्mना आप्mनै लय देखिए, आप्mनै लयमा भेटिए । ती अनेक आयाममा भेटिए । तै पनि ती आयामहरू देख्न पाइयो । भेटन पाइयो । साक्षातकार गर्न पाइयो । अनि यतिका दिनका पाँच वटा यात्रा संस्मरण लेख्न पाइयो । पूर्वसन्देश मार्पmत दुनियाँले यी आयामहरू देख्न पाउनुभयो । तिनका धडकन सुन्न पाउनुभयो ।
म गौरान्वीत छु । आप्mनै क्याम्पसका क्याम्पस प्रमूखप्रति कृतज्ञ छु । यति देख्न र लेख्न पाइयो ।यति सोच्दा घर पो आइपुगिएछ । समाप्त, (दमक, झापा)