दमक/ आउँदो फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई सबभन्दा पहिले समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी महौल तयार गर्ने क्रम अगाडि बढाइरहेको छ ।
यसैसन्दर्भमा पार्टी सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच सहमति भए लगत्तै झापामा चुनावी अभियानलाई तिब्रता दिन कार्यक्रम समेत तयार भएको छ ।
चुनावी अभियानका लागि निवर्तमान सांसद सोविता गौतम यही पुष २३, २४ र २५ गतेका लागि झापा आउँदै छिन् । उनलाई रास्वपाले झापाको चुनावी कमाण्डर बनाएको छ । त्यसपछि मनिष झा र असिम शाह आउने कार्यक्रम रहेको झापाका कार्यबाहक सभापति प्रकाश पाठकले जानकारी दिए ।
निर्वाचनको पूर्वसन्ध्यामा रवि लामिछाने र बालेन शाह झापा आउने कार्यक्रम रहेको छ । विगतको निर्वाचनमा जस्तै यसपटक पनि झापाको पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी सभा आयोजना गरिने जनाइएको छ । रास्वपाले देशका १६५ वटै निर्वाचन क्षेत्रमा रवि र बालेनको उपस्थितिमा चुनावी सभा गर्ने योजना बनाएको बताइएको छ ।
झापामा पार्टी संगठन विस्तारका क्रममा जिल्लाका सय भन्दा बढी वडाहरु तथा ११ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको जानकारी पाठककले बताएका छन् ।
यस अगाडि नै डिजिटल भोटिङ्गबाट क्षेत्रीय समिति गठन भइसकेको उनले बताए । वडा तथा पालिका अधिवेशनमा जनताको अत्यन्तै अभिरुचि र उत्साह रहेको जिल्ला सचिव शम्भू सुस्केराले बताएका छन् ।
प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ मतदानको नतिजा सार्वजनिक भइसकेको छ भने प्रत्यक्ष निर्वाचनका लागि आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेको छ ।
यसैसन्दर्भमा रास्वपा क्षेत्रीय समिति क्षेत्र नं. ५ मा बसेको बैठकले ३ जना उम्मेदवार आंकाक्षीले
झापामा…उम्मेदवारी दर्ता गराएका छन् । दर्ता गर्नेहरुमा दमक नगरसचिव प्रविन पाठक, प्रदेश समिति सदस्य अधिवक्ता सुरेश पोखरेल र अधिवक्ता यज्ञमणी न्यौपाने रहेका छन् ।