सनातन धर्ममा सामाजिक र मानवीय विचारका पक्षहरु अत्यन्त व्यावहारिक जीवन दर्शनमा आधारित छ । प्राचीनकाल देखि नै सनातन धर्मका महिलाहरूलाई वैदिक शिक्षा प्राप्त गर्ने, वैदिक साहित्य अध्ययन गर्ने र धार्मिक अनुष्ठानहरूलाई पूरा गर्ने तथा सञ्चालन गराउने पूर्ण अधिकार प्रदान गरिएको थियो । ईसापूर्व २०० वर्ष अगाडिदेखि नै वैदिक मन्त्रोचारपूर्वक धार्मिक अनुष्ठानहरूको सञ्चालन गराउने कार्य महिलाहरूबाट हुँदै आएको र पुरुषहरू जतिकै महिलाहरू प्रति पनि धार्मिक नियमहरू तथा प्रचलन हरू समानताको आधारमा सञ्चालन हुँदै आएको देखिन्छ। पुरुषहरूले कुनै पनि धार्मिक अनुष्ठानहरू सञ्चालन गरिरहँदा आफ्नो श्रीमतीलाई समेत आफूसँगै बस्न लगाएर धार्मिक अनुष्ठान पूरा गर्न दिइने स्वतन्त्रता सनातन धर्ममा अनादि कालदेखि रहँदै आएको छ। तर यस्तै खालको स्वतन्त्रता अन्य धर्महरूमा पाउन कठिन छ । इस्लाम धर्ममा महिलाहरूलाई मस्जिद भित्र गएर पुरुषहरू संगै नमाज पढन समेत बन्देज लगाइएको कुरा ले के देखाउँछ भने इस्लाम धर्ममा महिलाहरू प्रति धार्मिक कानुनहरु कठोर र अनुदार छ। सनातन धर्ममा महिला र पुरुष बीचमा ज्ञान र बुद्धिको प्रयोग गर्ने सवालमा ठूलो सन्तुलन रहेको पाउन सकिन्छ । वैदिक कालमा महिलाहरूलाई पुरुषहरू संग ज्ञान गुणका कुराहरुमा शास्त्रार्थ गर्नको लागि पूर्ण अधिकार प्रदान गरिएको थियो। सार्वजनिक ठाउँहरूमा महिलाहरूलाई जान, बस्न र बोल्न कुनै निषेध गरिएको थिएन।कुनै पनि सृजनात्मक क्रियाकलापहरूमा महिला र पुरुषहरुलाई सँगसँगै कार्य गर्न सक्ने समतामूलक व्यवस्था हिन्दू संस्कृतिमा रहेको छ । सनातन धर्ममा देवी सरस्वतीलाई बुद्धि र ज्ञानकी देवीको रुपमा मान्यता प्राप्त छ । सरस्वती माताको आशीर्वाद र प्रेरणा बिना ब्रह्माले कुनै पनि किसिमबाट सिर्जनात्मक काम गर्न सक्दैन् । व्यावहारिक जीवनमा कुनै पनि कार्य सम्पादन गर्नुपर्दा धन वा सम्पत्तिको आवश्यकता पर्ने गर्दछ। धनसम्पत्तिको अभावमा कुनै पनि कार्यलाई पूरा गर्न सकिँदैन। सनातन धर्मकी आदि शक्ति देवी महालक्ष्मीको सहयोगले विष्णु भगवानले संसारको पालनपोषण र संरक्षण गर्न समर्थ हुनुहुन्छ । देवी लक्ष्मीको साथ र सहकार्यबाट भगवान विष्णुले संसारलाई प्रतिपालन गरि रहनु भएको छ । त्यसरी नै भगवान शिवको ताण्डव नृत्य ले संसारको विनाश हुने र संसारमा प्रलय आउनसक्ने हुनाले हुनाले माता महाकालीको सहयोग बिना त्यो कार्य हुन सक्दैन। भगवती दुर्गा चण्डी महाकाली शक्ति स्वरूपा भएकी हुनाले असीम ऊर्जाकी स्रोत हुनुहुन्छ। देवी दुर्गा र शिवको ताण्डव नृत्यबाट पापीहरू तथा दुष्टहरूको विनाश गर्न शिव र शक्ति दुवैले समान रूपमा सहकार्य गर्नुहुन्छ। संसारको सृजन, पालन र विनाश गर्ने लगायतका सम्पूर्ण कार्यहरूमा नारी शक्तिको महत्वपूर्ण भूमिका रहेको देखिन्छ। अखिल विश्व ब्रह्माण्डकी परमेश्वरीको रुपमा सरस्वती, लक्ष्मी र कालीले ब्रह्मा, विष्णु र महेशलाई साथ दिइरहनु भएको छ । भगवान शिव र माता शक्ति दुईटा फरक फरक अस्तित्व नभएर अर्थात् द्वैत स्वरूप नभएर अद्वैत अर्थात् शिव र शक्तिको एकाकार स्वरूप अर्धनारीश्वरको रुपमा संसारलाई सञ्चालन गरिरहनु भएको कुरोले ईश्वर एक हुन् भन्ने कुरा पुष्टि हुन्छ । ईश्वर नारी र पुरुष को संयुक्त रूप अर्धनारीश्वर स्वरूपमा पनि सम्पुज्य छन् ।
सनातन हिन्दू संस्कृतिमा सृष्टिको सम्पूर्ण शक्ति देवी दुर्गाको स्वरूपमा समाहित रहेको छ। भगवान शिवलाई पूजा गर्दा कालीको पूजा पनि हुन्छ । हिन्दुहरूले नदीहरूलाई अत्यन्त पवित्र र पाप नाशिनी नदीको रूपमा लिन्छन् । नदीहरूमा स्नान गर्दा स्नान गर्नेहरूको पापहरु पनि पखालिने गरिन्छ भन्ने मान्यता रहेको छ, किनकि नदीहरू नारी अर्थात् मातृशक्ति कै शक्तिको रुपमा पृथ्वीमा अविरल बगिरहेकी छिन् । संसारमै सबैभन्दा पवित्र नदीको रूपमा बगिरहने नदी गङ्गा हो । संसारैभरिको धार्मिक इतिहासहरूको अध्ययन गर्दा के थाहा हुन्छ भने सनातन हिन्दु धर्मावलम्बीहरूले मात्र ईश्वरको रुपमा देवी माताको पनि पूजा गरिरहेको हुन्छ । यो मातृशक्तिको सम्मानको प्रतिक हो। पुराणहरू तथा भगवत गीतामा समेत ईश्वरको रूपमा पुरुषलाई रामकृष्ण र विष्णु शिव इत्यादि भनेर बताइएको छ भने विश्वकी अधिष्ठात्री परमशक्ति देवीको रूपमा नारी शक्तिरूपा दुर्गालाई परम ईश्वरीको रूपमा पनि सम्मान प्राप्त छ। मनु महाराजले कतिसम्म भनेका छन् भने जहाँ नारीलाई पूजा गरिन्छ र नारीलाई सम्मान गरिन्छ । त्यहाँ भगवान पनि खुसी हुन्छन् तर जहाँ नारीलाई सम्मान र आदर प्राप्त हुँदैन त्यहाँ त्यसको विपरीत हुन्छ र मानिस दुःखमा पर्दछन्। मनुस्मृतिमा भनिएको छ कि नारीलाई सबैले सम्मान गर्नुपर्दछ । नारी शक्तिको अनादर गरी दुःखी बनाएपछि परिवारबाट समृद्धि र खुसियाली हराउँछ र परिवार असिम कष्टमा पर्दछ। यदि मानिसले आफ्नो भलाई र कल्याण चाहन्छन् भने सामान्य दैनिकी भन्दा विदा र फुर्सदको समयमा तथा चाडपर्वहरूमा महिलाहरूलाई विभिन्न किसिमका उपहारहरू दिनुपर्दछ, गरगहनाहरु दिनुपर्दछ,तथा रङ्गीचङ्गी कपडाहरू दिनुपर्दछ र स्वादिलो भोजनको व्यवस्था पनि मिलाउनु पर्दछ। मनु स्मृतिमा मनु महाराजले भनेका छन् कि महिलाहरू माथि कुनै पनि कडा वस्तुले प्रहार गर्नु हुँदैन ।यतिसम्म कि फूलले पनि हिर्काउनु हुँदैन किनकि नारी शक्ति फूल भन्दा पनि कोमल र अति पवित्र मातृ शक्ति हुन् । त्यही कारणले सनातन हिन्दू धर्ममा महिलाहरूले जस्तोसुकै अपराध गरे पनि महिलाहरूलाई प्राण दण्ड अर्थात् फाँसीको सजाय दिनु हुँदैन भन्ने मान्यतालाई कतिपय देशका न्यायलयहरुले पनि स्वीकार गरेको देखिन्छ । हिन्दू सनातन धर्म महिला र पुरुषबीच पूर्णरुपमा समता र समानता रहेको हुन्छ। ऋग्वेदमा पतिपत्नी लाई सबै क्षेत्रमा समान मानिएको छ । त्यसै कारणले पत्नीलाई अर्धाङ्गिनी भनेर बोलाउने प्रचलन पनि रहेको छ। विश्वको कुनै पनि धर्ममा सनातन हिन्दू धर्म बाहेकका महिला र पुरुष बीच यति धेरै समानता भेटाउन गाह्रो छ । सनातन हिन्दू धर्ममा वेद र धार्मिक ग्रन्थहरूले महिलाहरूलाई दिएको जति अधिकार र स्वतन्त्रता अन्यत्र कुनै पनि धर्म पाउन सकिँदैन। ईसाई र इस्लाम धर्ममा पुरुषहरूको मृत्यु भएपछि स्वर्ग मा बहत्तर वटा हुर अर्थात् सुन्दरी महिला संग सहवास गर्न पाइन्छ । इस्लाम धर्ममा महिलाहरूलाई एउटा वस्तु सरह पुरुषहरूलाई शारीरिक सुख र आनन्द प्रदान गर्नको लागि मात्र ईश्वरले बनाएका हुन् भन्ने भनाइहरु रहेको पाइन्छ । महिलाहरूको प्रमुख कर्तव्य पुरुषहरूको आज्ञापालन गर्नु हो भन्ने जस्ता भनाइहरुले गर्दा इस्लाम धर्ममा महिलाहरू लाई समान अधिकार प्रदान गरिएको छैन तथा महिलाहरूप्रति विभेद र शोषण छ भन्ने कुराको पुष्टि हुन्छ ।
विश्वका धार्मिक इतिहासहरुको अवलोकन गर्दा हामीले सनातन धर्मको सीता जस्तो दोस्रो पतिव्रता नारी सीता पाउन कठिन छ । सीताको जीवन अलौकिक थियो। सीतालाई भगवानको नारी शक्तिको अवतारको रुपमा लिइन्छ । नेपाल र भारतीय दर्शनमा सीतालाई माताको रुपमा स्वीकार गरिएको छ । सनातन धर्ममा सबै महिलाहरूको सम्मानको प्रतिक र नारीको गौरवको रुपमा तथा आदर्श नारीको रुपमा सितालाई स्वीकार गरिएको छ । वैदिक कालमा महिला र पुरुषलाई धनसम्पत्तिमा समान रूपमा स्वतन्त्रता प्राप्त थियो। महिलाहरूलाई न्यायालयमा न्याय माग्न जान, आफ्नो संरक्षणको लागि कानुनको मद्दत लिने स्वतन्त्रता थियो । सनातन धर्ममा राम र सीता, राधा र कृष्ण, शिव र शक्ति, विष्णु र लक्ष्मीलाई समान महत्वका साथ पूजा गर्ने मान्यता र परम्परा रहेको छ ।
तर वैदिक कालमा महिलाहरूलाई पुरुषहरू सरह नै ज्ञान प्राप्त गर्न र शास्त्रार्थ गर्न पाउने कुराहरुमा स्वतन्त्रता भएपनि कतिपय सवालहरूमा महिलाहरूप्रति पुरुष समाजहरूले विभेद र अन्याय गरेको तथा समान अधिकार प्रदान नगरेको कुराहरू पनि रहँदै आएको देखिन्छ। रामायणमा आफ्नो श्रीमानसँग छुट्टिएर एक रात मात्र श्रीमान को विश्वास पात्र भनिएका व्यक्तिसँग बिताउँदा पनि महिलाका पतिले श्रीमती मान्न अस्वीकार गरेको कुरा वर्णन गरिएको छ । त्यही सामाजिक नियमहरूलाई मनन गरेर मर्यादा पुरुषोत्तम भगवान श्रीरामले पनि आदर्श नारी सीतालाई वनमा निष्कासन गर्न बाध्य हुनुपरेको थियो। सीतालाई रावणले अपहरण गरी लंकाको अशोक वाटिकामा राखिएको हुनाले त्यसबेलाको सामाजिक मर्यादा लाई विचार गर्दा सीता माताको सतित्वमाथि भगवान रामले शंका नगरे पनि लोकलाज बचाउन र राजाको धर्म मात्र निर्वाह गर्न भगवान रामले पतिव्रता सीतालाई निर्वासनमा पठाउनु लाई महिला र पुरुष बीच बराबरी र समानता नरहेको कुरा पनि पुष्टि हुन आउँछ । मनुस्मृतिमा मनु महाराजले धेरै ठाउँहरूमा महिला र पुरुषहरूमा विभेद रहेको र महिलालाई पुरुषहरुले नै जीवनभरि नियन्त्रण गरी राख्नुपर्दछ भन्नेसम्मका कुराहरु लाई समर्थन गरेको देखिन्छ, जसलाई आधुनिक समाजमा सहज रूपमा स्वीकार गर्न सकिन्न ।