देश–समाज

संविधान दिवसको अवसरमा निःशुल्क बस सेवा

काठमाडौँ, संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा आज निःशुल्क बस सेवा संचालन गरेको छ । शुक्रबार काठमाडौँको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसले संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा निःशुल्क सेवा दिएको हो ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा संचालनमा ल्याएको हो ।

Author

You may also like