समाचार

राष्ट्रपति भण्डारीद्वारा २६० जनाको कैद कट्टा, २२ जनालाई सजाय माफी

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गर्नु भएको छ , भने २२ जनाले सजाय माफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले देशका विभिन्न कारागारमा रहेका २६० को कैद कट्टा गर्नु भएको हो ।

त्यस्तै, संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Author

You may also like