काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समिक्षा देखि मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल हुदै छ ।
साथसाथै आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । सचिवालयको बैठकले उपनिर्वाचन हुने क्षेत्रको उमेदवारका लागि कात्तिक १० गतेसम्म उमेदवारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । त्यसैगरी बैठकले नेताहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा सदस्य मनोनित गर्ने निर्णय पनि गरेको बताइएको छ ।