एउटा माध्यम जसले संसारलाई चकित बनायो । हिजो यो माध्यम थिएन , लिफाफामा खामबन्दी गरेका पत्रहरु आदानप्रदान हुन्थ्यो । टेलिग्रामले एक ठाउँबाट अर्को ठाउँमा सूचना सम्प्रेषण गथ्र्यो । चिठीपत्रहरु पठाइन्थ्यो स्वदेश र बिदेशमा । ती पत्रहरु पुग्न धेरै समय लाग्थ्यो । कहिलेकाही त सम्बन्धित ब्यक्तिको हातमा पत्र पुग्दैनथ्यो । मानौ कि हामी सञ्चार जगतमा धेरै पछाडि थियौ, आज आधुनिक जमानामा प्रवेश गरेका छौँ । एककोठामा बसेर संसार नियाल्दैछौ, टाढालाइ नजिक बनाउदैछौ । प्रविधिको बिकासले हिजोआज यति फड्को मार्यौ कि यो आशातित प्रगति भन्दा अझै अकल्पनीय छ । त्यो भनेकै प्रविधिको तीव्र विकास हो कि अहिले “एआइ” प्रविधिले गर्दा हुनेपनि नहुने र नहुनेपनि हुने अवस्थामा बनाइदिएको छ, आज । फोटो – फोटो जोडेर, अङकमाल गरेको, मायामोह गरेका तस्वीर समेत “एआइ” प्रविधिले जोडिदिएका छन । आजका मान्छेहरु यति अल्छे भएका छन कि हातमा मोबाइल हुँदासम्म कुनै काम गर्न छोडेर घण्टौ – घण्टासम्म सामाजिक संजालमा घोत्लिएका छन । उनीहरूले न परिवार देख्छन, न साथी सङ्गी देख्छन न त कुनै घटना हेर्न सक्छन । मोबाइलले यति लत बसायो कि आज आफ्नै परिवारलाई समेत टाढा – टाढा बनाइदिएको छ ।
अहिले कोही पढनेवाला छैनन, जतिखेरपनि घोत्लिरहने, केही काम नगर्ने, खुल्ला दिमागमा संचारका अनेक माध्यममा जोडिने समूहको भीड बढ्या छ अचेल । यतिमात्र होइन, आफ्नो आइ.डी .अर्काको तस्वीर राखेर चलाउने र ह्याक गर्ने हरुको युवा समूहले उमेर अनि योग्यता ढाट्ने परिपाटी बाक्लो छ, हिजोआज । रिसिवी साधनको रूपमा, राजनीति प्रचारवाजीको साधनको रूपमा प्रचारवाजी चल्न थालेको देखिन्छ, सामाजिक संजाल । अर्काको चरित्र हत्या गर्ने, आरोप – प्रत्यारोप अर्कालाई लगाउने, सामाजिक सदभाव भडकाउने, धार्मिक सदभावमा अङकुश लगाउने काम युटुवरे र अनलाइन समाचारले भ्यूज कमाउने नाममा गरिरहेको देखिन्छ । कतिसम्म यस्तोपनि गरेको देखिएको छ –समाचार लुकाउने, आफू निकटको नहुँदा तस्वीर हटाइदिने अनि सामाजिक रुपमा बहिष्कार गर्ने युटुबरे र दलीय पत्रुकारहरुको बाक्लो भीड हामीमाझ अझै छन । यो सबै सिकायो, राजनीतिक नेतृत्वले । तिनको पार्टीको भजन गाउने, सम्मेलन, जुलुस, धर्ना आदिको बढी मात्रामा प्रचारप्रसार गर्नेहरुको झुण्ड अहिलेपनि उत्तिकै छन । एकले अर्काको राजनीति निषेध गर्ने, राजनीतिक दवाव दिने, युवाहरूलाई अनाहकमा झगडा गराउने काम दलीय सिण्डिकेटमा गर्ने काम हिजोपनि थियो र आजपनि त्यो ज्यूका त्यू छ । कुनै परिवर्तन हुनेवाला छैन । यसलाई सूसूचित गर्नेकाम मिडिया ग्रुपको काम हो तर सम्पूर्ण मिडियाकर्मीहरु एकजुट हुन सकेनन, सबै दलीय सिण्डिकेटमा लागेर समाचार लुकाउन थाले, प्रचारप्रसारमा लागे । यो बन्द भने अहिलेसम्म हुन सकेन कारण उहीँ राजनीति खिचातानीनै हो ।
आज यही सम्बन्धि जल्दाबल्दा अनेकन समस्याका चाङ्गहरु तपाईंहरु माझ पस्कदैछु जुन वस्तुनिष्ठ छन । प्रसङ्ग बदलौ, आज युट्युबरेहरुले किन सत्य – तथ्य बिषयबस्तुलाइ उठान नगरी, स्रोतनै नलुकाइ समाचार प्रकाशन गरेर भिडियो किन बनाउदैछन ? यसको मापदण्ड के हो ? किन यसरी जथाभावी रुपमा भिडियो बन्दासम्म राज्यका उपल्लो तहका नेताहरू मौन छन । किन उनीहरूलाई मापदण्डमा राखिन्न । घरझगडा गराइदिने, आपसी मनमुटावको भावना जागृत गराउने, अन्तर कलह ल्याइदिने, आतंक सृजना गराइदिने काम सेन्सर नभएका मिडिया र युट्युबरेहरुले अहिलेपनि गरिरहेकै छन । खोजेर खोजमुलक समाचार अनि भिडियो पोष्ट गर्ने युट्युबरहरु पाइन्न, हिजोआज । सूचना र प्रविधिको नयाँ –नयाँ विकास र अविष्कारले संसारलाई खुम्चियाउदै लग्दा सम्म मान्छेको सोच अझै सङकीर्ण छ किन होला ? यहाँ युट्युबरे र टिकटकरहरुलाइ भ्यूज कमाएर रकम बटुल्नु छ, यो बाहेक अरु केही देखिन्न नक्कली युट्युबरेहरुको हर्कत । हुन त कतिपय भिडियो र त्यसमा लिएका अन्तरवार्ता अनि समसामयिक बिचार लगायतका अन्य धेरै क्षेत्राधिकारभित्रका सत्य – तथ्यपरक भिडियो, अडियोको वार्तालाप समयसापेक्ष प्रसारणमा आएको पनि देखियो भने धेरैजसो भिडियोहरु कपोकल्पित, भ्रामक, अनर्गल प्रचारवादी देखिन्छन भने अनलाइन न्यूजहरु अर्कै पत्रपत्रिकाबाट जेनेतेन तानतुन गरेर मिलाइएका समाचार पढ्न बाध्य छौँ, हामी । न समसामयिक खुराक, न यथार्थता, न पुष्टता केही पनि देखिन्न समाचारका बायोलाइन न्यूज । अनलाइन प्रकाशित गर्दै आएका मिडियाहरुको सम्पादक, उपसम्पादकको योग्यता कति हुने ? कानुनी सल्लाहाकार राखेको छ या छैन ? वास्तवमा पार्टीको मुखपत्रको रुपमा प्रकाशनमा आएको हो या होइन ? यो सम्म सम्बन्धित सरोकारवाला निकायले अनुगमन तथा नियमन गरेको बुझिन्न । गैर तथा बित्तीय संस्थाहरुका सन्चालकहरुले समाचार छापे बापतको निश्चित रकम दिने बानीले गर्दा कति पत्रकारहरुले समाचार छाप्ननै आलेटाले गरेको पाइएको छ । हिजोआज धेरैजसो ग्राहकहरुले पत्रिका किनेर पढेको देखिन्न ।
सबैको हात हातमा मोबाइल भएको कारणले गर्दा गुगलमै समाचारका स्रोतहरु पाउने गरेका कारणले पनि पत्र – पत्रिका धेरैले पढ्ने गरेको पाइन्न । यसकारण संसारको संचार माध्यम आज सङकटमा पर्दै गएको देखिन्छ । आज सूचना प्रविधिमा नयाँ – नयाँ विकास र अविष्कार बढ्दै गएको छ । विकसित सामाजिक संजालको प्रभावले समाचार माध्यमको प्रभावकारितालाई दिन्दिनै घटाउदै गएको छ । वर्गीय दृष्टिकोणबाट हेर्ने हो भने यो सामान्य मानिसहरूको माध्यम पनि हो । अर्को कुरा सरकारले कानुन ल्याउने तयारी गरेपनि अन्य सामाजिक माध्यमलाईझैं युट्युब र युट्युबरेहरुलाइ राज्यले अहिलेसम्म चिन्न सकेकै छैन । हिजोआज छाडा संस्कृतिको बिकास यतिसम्म बढेको छ कि यहाँ कसलाई आदर गर्ने, मानसम्मान गर्ने भन्नेसम्म भुलेको छ नयाँ पिढिले । यो सबै कमाल सामाजिक संजालका विभिन्न एप्सले गर्दा हो । हामी हिजोआज तमासा हेर्छौ सामाजिक संजालमा राजनीतिको । एक नेताले अर्को नेताको चरित्र हत्या गरेको छ, हुँदै नहुने भिडियो सार्वजनिक गरेको छ, न तथ्य छ, न प्रमाण छ । कुनै प्रवाह नराखी नराम्रो शब्दमा लाइक र कमेन्ट गर्नेहरुको भीड बढेको छ, यो सबै सामाजिक संजालले ल्याएको बिकृति हो । यसको सदुपयोग गर्नेले राम्रै नाम कमाएका छन भने दुरुपयोग गर्नेहरूले नराम्रा गतिविधि संचालन गरिरहेकै छन । विधुतीय कारोबार ऐनलाई आधार मानेर विभिन्न नराम्रा प्रकरणमा यिनीहरूलाई कानुनी नियमनको दायरामा ल्याउन सकिने भएपनि राज्यले यसप्रति गहिरो अध्ययन र कारवाही गर्ने भन्ने सम्म कुनै नीति निर्माण गर्न सकेकै छैन । किनकि धेरैजसो युट्युबरेहरुले नेपालको संबिधान, २०७२ मा मौलिक हकका रूपमा लिपिवद्द गरिएको गोपनीयताको हक विपरित श्रीमान, श्रीमतीको घरको विवादलाई के – के न ठानेर सम्प्रेषण गर्ने गरेको देखिन्छ । अर्को कुरा आफै प्रेसको ज्याकेट, कार्ड र झोला बनाएर ब्यक्तिको घर, किचेन, बेडरुमसम्म पसेर एकअर्काबिच सोधासोध गरेको भिडियो हामीले देख्न सक्छौ । कति स्थानमा त भ्यूज कमाउने नाममा अनेकन खालका ब्यक्तिहरु बटुलेर अन्तरवार्ता लिएर नराम्रा – नराम्रा शब्दहरु उच्चारण गरेका भिडियोहरु सार्वजनिक गरेको पाइएको छ । कति त यस्ता भिडियोहरुमा लाइक र कमेन्ट हेर्दा हामीलाई लाज लाग्ने शब्दहरु प्रयोग गरेको देखिन्छ । सामाजिक संजालका अनेकन एप्सहरु प्रयोगकर्ताले कसरी प्रयोग गरेका छन र तिनलाई कुन मापदण्डमा राख्ने र अवलोकन गर्ने सम्म नहुदा अहिले विकराल अवस्था पैदाहुने निश्चित प्रायः छ ।
आज धेरैजसो युट्युबरेले आफूलाई पत्रकारको हवला दिएर वास्तविक पत्रकार र पत्रकारिता पेशाकै बदनाम अनि खिल्ली उडाइरहेको देखिन्छ । न यो सम्बन्धि अध्ययन छ, न योग्यता छ, न समाचार लेख्नजान्ने ल्याकत छ । कतिपय युटयुबका कारण राजनीतिक, आर्थिक, लैङगिक, ब्यापारिक, क्षेत्रीय, जातीय रूपमै असर परिरहेको छ । युट्युबकारिताबारे बिज्ञ, पत्रकारबिच एउटै मत देखिन्न । कोहि सत्य – तथ्य समाचार लुकाउने । कोहि कसैलाई पत्रकारितानै मान्नु हुन्न भन्छन भने कोहि युट्युबलाई एउटै डालोमा राखेर व्यवहार गर्नुहुन्न भन्छन । खासगरी दलीय सिण्डिकेटका आधारमा पत्रकारिता पेसानै अघि बढेको हुनाले यो तुरुन्त बन्द हुन आवश्यक छ । प्रेस मिडियालाइ सर्वोपरि ठान्दै एकरूपताका साथ कलम, मष्तिष्कले तथ्यपरक घटनालाई तमाम जनतामाझ ल्याउनका निम्ति सम्पूर्ण पेसाकर्मी जो पत्रकारितामा आबद्धता छन उनीहरू सबै र युट्युबरहरुलाइ मापदण्डका आधारमा भिडियो सेन्सरसीप गरेर मात्र प्रसारण गर्नका निम्ति दवाव सृजना गरौं ।