कुनै पनि कामलाई अपूरो छोड्दा कस्तो परिणाम आउँछ, हामी सहजै अनुमान लगाउन सक्छौं । जस्तो कि ट्वाइलेट गएर त्यसको बिधि नसकि बाहिर निस्कियो भने के होला ? हरेक कार्यको अपूरो छोड्दाको परिणाम भयाभह र अकल्पनीय हुन्छ ।
आज यो बिषयमा गमिरहँदा कोलम्बियाका नोबेल साहित्य पुरस्कार बिजेता ग्याब्रियल गार्सिया मार्कजको सन् १९८१ म प्रकाशित भएको कथा ‘क्रोनिकल अफ ए डेथ फोरटोल्ड’ (मृतकको कथा) को झल्झली याद आयो ।
के छ त त्यो कथामा ?
‘स्यान्टियागो नासार’ नामक युवकको आप्mनै गाउँमा हत्या हुन्छ । यो हत्या कुनै रहस्य होइन, किनकि उसलाई मार्ने योजना गाउँका सबैलाई पहिले नै थाहा हुन्छ । भाइ ‘पेद्रो’ र ‘पाब्लो विकारियोले’ आफ्नी दिदीे ‘एन्जेला विकारियो’ को सम्मान फिर्ता गर्न स्यान्टियागो नासारलाई मार्ने सार्वजनिक घोषणा गरेका हुन्छन् । आप्mनी दिदीको कथित सामाजिक मर्यादा फिर्ता लिने भनेर कसम पनि खान्छन् । त्यो सबै गाउँलेलाई थाहा हुन्छ । सुनेका हुन्छन् । देखेका हुन्छन् । तिनको हाउभाउ जीवन्त देखिएको हुन्छ कि ती साँच्चै नासारलाई मार्नेवाला छन् ।
गाउँका करिब सबै मानिसले यो सुन्छन्, तर कसैले पनि ठोस कदम चाल्दैनन् । कसैले यो मजाक होला भनेर लिन्छन्, कसैले अरूले रोक्ला भनेर पन्छिन्छन् । प्रहरी, पादरी, र उसका साथीहरू समेत गम्भीरतापूर्वक सचेत गराउन वा सुरक्षा दिन सक्रिय हुँदैनन् । यसै कारण स्यान्टियागो नासारलाई अन्तिम क्षणसम्म खतरा थाहा हुँदैन र अन्ततः ऊ निर्दयपूर्वक मारिन्छ ।
सबैलाई थाहा हुने तर कसैले केही नगर्ने – यही नै उसको मृत्युको कारण बन्छ ।
व्यक्तिगत भन्दा सामूहिक जिम्मेवारी – गाउँका सबैको मौनता र निष्क्रियताले हत्या सम्भव हुन्छ ।
हर कुरामा भाग्य होइन, मानव जिम्मेवारी हुन्छ – भाग्यले होइन, मान्छेको अधुरो जिम्मेवारीले दुर्घटना घट्छ ।
सामाजिक दोष – अपराध गर्ने मात्र होइन, मौन रहने समाज पनि दोषी हुन्छ ।
यसरी, यस कथाले ‘एक अधूरो काम वा निष्क्रियता’ ले कसरी घातक परिणाम ल्याउन सक्छ भनेर देखाएको छ ।
कथा यत्ति हो ।
यो कथाले कसरी अहिलेको मेरो देश बोकिरहेको छ त ?
काम किन अधुरो छोड्नु हुँदैन ? छोड्दा के हुँदोरहेछ ?
देखेको कुरा किन भन्नु हँदैन ? नभन्दा के हुँदोरहेछ ? कसरी ज्यान जाँदोरहेछ ?
देखेर, जानेर पनि मौन बस्नु कति घातक हुँदोरहेछ ?
आज यो देश आगोको ज्वालासंग गीत साटिरहेको बेला हो ।
गीतका अनेक आयामहरू देखिएका छन् ।
केपी बाको फेरि प्रधानमन्त्री हुने गीत ।
महेश बस्नेतको जेन्जी तह लगाउने गीत ।
शेखर कोइरालाको पार्टीको महाधिवेशन गरेर सभापति बन्ने गीत ।
गगन थापाको जेन्जीको नेता बन्ने गीत ।
गृहमन्त्री र सञ्चारमन्त्रीको फागुनमा चुनाव गराउने गीत ।
यी सबै गीतहरू यो देशलाई अभैm खरानीको गीता लेख्न बाध्य पार्ने गीतहरू हुन् । यी गीतमा न सुर छ । न ताल छ । न लय छ । न मधुरता छ । न मिठास छ । न जीवन्तता छ । न कलात्मकता छ । न भावनात्मकता छ । छ त सिर्पm स्वार्थको आवेगात्मकता छ । यिनका यी बेमौषमी अनि घातक गीतहरू एकै पटक सुन्दा त आप्mनो देशमा नभएर कुनै एउटा ‘साइक्रेटिक वार्डमा’ छु कि जस्तो लाग्छ ।
आज सेन्टियागो मार्ने पेद्रो र पाब्लो यो समाजलाई चुनौती दिइरहेका छन् । कराइरहका छन् । स्वार्थ र अहंकारका गीत गाइरहेका छन् । यी गीत यति धेरै नीरस छन कि ती गीतहरू संसारकै नीरस गीत भनेर चिनिएको एरिक क्लयापटनको गीत ‘टियर्स इन ह्याभेन’ (स्वर्गमा आँसु) भन्दा पनि नीरस छ ।
स्वर्गमा रूनु पर्ने स्वर्ग किन चाहियो ?
नेपाललाई स्वर्ग बनाउँछु भनेर गीत गाएको गाएकै गर्नेहरूले आज एरिकको गीत बनाइदिए ।
बिहानदेखि बेलुकासम्म मिडियामा गीत गाउने, अनि ‘झोलावाला’ साथीहरूले ‘सगौरव सेयर’ गर्ने कामभन्दा नीरस अरू के छ ?
किनभने आज खरानीसंग राजनीति साटिरहेको बेला हो यो । मान्छेका लाशसंग राजनीति साटिरहेको बेला हो । घाइतेका चित्कारहरूसंग महेश बस्नेतहरूका चित्कार साटिरहेको बेला हो ।
यस्तो बेलामा के खानलाई फेरि कितावको कुरा गरिराखेको भनेर मलाई धारेहात लाउनुहोला । तर यतिबेला अनुभूत गर्ने समय हो । गम्भीर भएर आगो, खरानी, लाश र घाइतेहरूलाई सोध्ने समय हो । जति पटक सोधेपनि उत्तर आपैंmसित छ । नैतिकतासित छ । इमान्दारीतासित छ । धर्मसित छ । तर यी त मरिसके । अनि उत्तर पनि खाली छ । जस्तोकीः
‘आगो, अहिले देशलाई के चाहिएको छ ?’
…………….
‘खरानी, अहिले राजनीतिमा रमाउनेहरूले के के गर्नु पर्छ ?’
……………
‘शहिदका मृत शरीरहरू, अब के गर्नु पर्छ राज्य सञ्चालक र आम नागरिकले ?’
……………
‘घाइतेहरू, अबको बाटो के हुनु पर्छ ?’
………………
तर कसैले पनि यी प्रश्न सोध्नेवाला छैनन् । उत्तर पाउनेवाला पनि छैनन् । सबै उत्तर उपल्लाहरू आपैmसित छ । तर यस्ता नैतिक बन्धनमा जेलिनुभन्दा बरू सत्ता गुमाउनुको पीडा र आक्रोश चुल्याउनुमा मज्जा छ । मिडियाहरू पनि तिनका भाषामा रमाइरहेछन् । भक्तपुरतिर यस्तै मेला चलिरहेको छ ।
आज यति धेरै नोक्सान ब्यहोरेको जेन्जी आन्दोलनको उपलब्धी के भयो त ?
एउटा पात्रको ठाउँमा अर्को पात्र फेर्नकै लागि थियो त यत्रो बिध्वंस ?
दुईबर्ष पछि हुने चुनाव अहिल्यै गरेर राज्यलाई अनावश्यक आर्थिक भार थप्नकै लागि थियो त यत्रो बिध्वंस ?
दुईतिहाइको सरकार अपदस्त गरेर अब कस्तो सरकार बनाउने चुनावको गीत गाएका हुन सरकारी मान्छेहरूले ?
भनिदिनु नि एक पटक ।
अहिले एउटाले अर्कालाई धम्क्याउने, थर्काउने, मुद्धा हाल्ने, होच्याउने कार्य सुरू भएको छ ।
आन्दोलनलाई अपूरो छोडदाको परिणाम हो यो । एञ्जेलाको हुँदै नभएको कथित स्वाभिमानको परिणाम हो यो ।
अर्थात् मार्कजको कथा ‘क्रोनिकल अफ ए डेथ फोरटोल्ड’ (मृतकको कथा) को गाउँ बनाए यो देशलाई । यो देश नभएर त्यो कथाको गाउँ भएको छ । अनि सबै कुरा थाहा भएर पनि थाहा नभएको अभिनय गर्नेहरूले रचना गर्ने भनेको एरिकको गीत टियर्स इन ह्याभेन नै हो । यो गीत सुन्न चाहनेहरूले यो लिंक खोलेर सुन्न सक्नुहुनेछ ।
लिंकः
https://www.youtube.com/watch?v=tUU1GLMdnk
दमक, झापा