दशै आयो
खाउला पिउला
कहाँबाट ल्याउला
चोरी ल्याउला
धत ! पाजी म छुट्टै बसौला ……………………………..
सानो छदा यो कुरा भन्दै एकअर्का बिच हामी साथीसँग औंला गन्दै डण्डिबियो खेल्थ्यौ र यसो भन्थ्यौ । मानौ कि एक अर्थमा रमाइलो हुन्थ्यो उतिबेला । खुसीले सीमा नाघ्थ्यो । जताततै जतासुकै लिङ्गे पिङ्ग, रोटेपिङ्ग हाल्ने परम्परा थियो । हिजोआज यो परम्परा हटेर गयो सबैलाई दान दक्षिणा थोरैले हुन्न धेरै चाहिने भएको छ । आफूभन्दा ठूला बडाको आशीर्वाद लिनुपर्ने हो त्योसम्म इन्कार गर्छन अहिलेका पुस्ताहरु । न इज्जत न मानसम्मान गर्न जान्दछन , इमान जमान सबै हराएर गएको छ , आज । अहिलेका पुस्ताले ठूलाको सत्कार गर्न जान्दैनन । न नमस्कार न ढोग गर्न जान्दैन सबै हराएर गएको छ । दशैको बेलामा एकछाक मकै , एकछाक भोकै भएरपनि गरिबहरुले आङ्ग छोप्ने गरेका छन , प्रत्येक सालको दशै तिहारमा । वास्तवमा भन्ने हो भने हाम्रा सबै पर्वहरुले हामीलाई खुसी साटासाट गर्न सिकाउछ , सदभाव राख्न सिकाउछ , शान्तिको कामना गर्न सिकाउछ , त्यही भएर यी पर्वहरु आइरहन्छन र खुसी तुल्याउदिन्छन , हामीलाई ।
धनेको यो दशै
जसोतसो आउँदैछ
परिश्रम गरिरहन्छ , श्रम हो उसको पेसा
लालाबालालाइ शिक्षा दिएको छ
ज्ञानगुनका कुरा सिकाउछ
आपसी सद्भाव बाढ्छ
अशान्ति मनबाटै हटाउछ
छल्न जान्दैन
कुरा कसैको काटदैन
रोटेपिङ्गमा मचिन्छ बेस्सरी
सारा दुःखहरु बिर्सन्छ
आँखा भरि आँसु चुहाउदैन
अर्काको ढोका कहिले ढकढकाउदैन
शान्तिको कामना गर्छ
हातमा हात सबै सङ्ग मिलाउछ
टुटेफुटेका मनहरु जोडछ
च्यातिएका पर्दाहरु सिलाउछ
यसरी थाहै नपाइ
दशै आयो
धनेको मन फुरुङ्ग भयो
टीका जमरा लगाउन
जोहो गरिरहेछ रकमको
आयो, आयो, दशै आयो
चारैतिर उज्यालो छायो
अशान्ति दुर भाग्यो
कहिले नआउने गरि दुर भाग्यो
यसरी भागोस, डर, सन्ताप, भ्रष्टाचार, पद लोलुप्ता, चोरी, डकैती, हत्या, हिंसा, आगजनी सबै नहोस नेपाली जनजनमा शान्ति छाओस । अहिले महान नेपाली जनता सन्त्रासमा बाच्नुपरेको छ , देशमा शान्ति सुरक्षा, अमनचयन सबै हराएको छ । जनताले लोकतान्त्रिक गणतन्त्रको आभास पाएका छैनन । ४६ सालदेखि यो बर्षसम्म आइपुग्दा जनताले दुःखमात्र भोग्नुपरेको छ । एउटै ब्यक्ति पटकपटक सत्तामा पुग्दा भलै जनताले सास्ती भोग्नुपरेको विरासत छ । बयोबृद्द र घरले जाजा र बनले आइज आइज भन्ने ब्यक्तिको हातमै वरिपरि सत्ताको स्वार्थ घुमिरहेको थियोे, हिजोसम्म । जनताले स्वतन्त्र तरिकाले पढ्न, लेख्न, बोल्न पाउने हक र अधिकार कुण्ठित बनेको थियो । जताततै जतासुकै भ्रस्टाचारले देश डुबेको थियो । यहाँ क्रान्तिका बिगुल फुक्नेहरु शासन सत्तामा पुगेपछि सात पुस्तासम्म कमाउने भए । शैक्षिक योग्यता भएकाहरु धमाधम बिदेशिन बाध्य भए । हिजो चुनाव ताका बोलेका बचनबद्दता रकममा सटही बनाए, नेताहरूले । एउटा आशा गरेको युवा नेतृत्व समेत दौलत कमाउनमा उद्दत रहयो आडभरोसा गरेकाहरुले तिनै हिजो ढाटिखान र लुटिखान पल्केकाहरुलाइ पार्टी र सत्तामा सबैभन्दा ठूलो पद सुम्पिए । हिजोको जनयुद्ध र जनआन्दोलनमा मरेका सहिदका परिवार अझैपनि रोएर बस्नुपरेको छ । सत्ताका लागि मरिहत्ते गर्नेहरूनै कहिले संसद भङ्ग गर्ने, राजालाई सुम्पिने, देशमा अशान्ति भित्र्याउने खेलमा लागेर हामीलाई गुमराहमा राख्न थाले । मानौकि यी नेताहरूको बिगतको बिरासत हेर्दा हामीलाई लाज लजाउन थालेको छ । यिनीहरूलाई न लाज छ , न सरम छ न कुनै गुन्जायसै छैन । जनताहरु के चाहान्छन ? उनीहरूको अभिष्ट के हो ? त्यो पूरा भयो भएन, त्योसम्म पूरा भयो भएन सम्म यिनीहरुले हेरेनन, बुझेनन । यो ३४ बर्षसम्म एकलौटी देश दोहन गर्ने जनता हुन कि नेताहरु हुन ? देशमा कुशासन कसले गर्यो ? भ्रष्टाचारको अन्त्य गर्न किन दलेहरुले सकेनन ? कमिसन तन्त्र कसले भित्र्यायो ? नातावाद, कृपावाद, परिवारवाद र एउटै ब्यक्ति देशको सबैभन्दा ठूलो पदमा आसिन भए, यो परिपाटीको बिकास नयाँ युवाहरूले मात्र गराए । बिरोध गरेनन् स्वरमाथि झनै स्वरमात्र थपे । बिरोध नगर्नेहरु बढी भए अनि यसैको पाइदा ठूला साना दलहरुले मुनाफा लिए । दोष जनतालाई थुपार्ने कि बयोबृद्द नेताहरूलाई ? झोले, चम्चे, हुक्के र सुराकी गर्ने युवाहरुको अनिर्णयको बन्दीका कारण जनताले सास्ती भोगे ।
अहिले आएर सत्ताको चावी जेन –जीहरुको कोर्टमा भयो । संसद भङ्ग भएको छ, लुटिखाने र भुटिखानेहरुको बिचल्ली भा छ, अहिले । कुनाभित्र पसेर भूपू प्रधानन्यायाधीश शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको बिरोध गर्दैछन केही लठैतहरु । मागिखाने भाडोको समुलै नष्ट भएपछि अब रोइकराइ गरेर केही हुन्न । अब जे गर्नु छ देशलाई सही मोडमा हिडनका निम्ति यो सरकारले हिजो नेताहरूले कमाएका अकुत सम्पत्तिहरुको छानबिन गरेर कडाभन्दा कडा कार्बाही गर्न सक्नुपर्छ । हिजोसम्म गर्नै नसकेका काम अहिले धमाधम हुँदैछन । आगामी फागुन २१ गते हुने निर्वाचनको मितिसमेत तोकेको छ बर्तमान सरकारले । मिति नजिकिएसङ्गै हिजो आफूले गरेका कर्महरु पखाल्न आफ्ना औरेभौरेहरुलाइ काखी च्यापेर गोप्य सम्मेलन गर्दैछन । जे हुनु थियोे भै गयो अब रोकेर सकिन्न । नेताहरूले गरेका गल्तीहरु सच्च्याउदै अघि बढ्न सक्नुपर्छ, संविधानको रक्षा निम्ति सम्पूर्ण न्यायप्रेमी स्वतन्त्र नागरिक एकजुट हुनुको विकल्प छैन । देशमा हिजोमात्र जेन – जी आन्दोलनमा भएको अपुरणीय भौतिक क्षतिहरु तुरुन्त पुनः निर्माण गर्नका निम्ति सबै एकजुट होऔ । न्याय र समानताका लागि सबै आ– आफ्ना स्थानबाट उठौ जुटौ । यो बिजयादशमी, दिपावली, नयाँ संबत, छट पर्व चासोक तङनाम लगायतका पर्वहरु हासीखुसीका साथ मनाऔ । सबैमा यो स्वतन्त्र कलमीको शुभकामना ।

Author

You may also like