दमक/ जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा दमक नगरप्रमुख रामकुमार थापाको घरमा मंगलबार गरिएको आगजनीको विषयमा बिहीबार अनुगमन गरिएको छ । मानवअधिकारकर्मी, पत्रकार, स्थानीयबासीको रोहवरमा आगजनीपछि पहिलो पटक गेटमा लागेको ताल्चा खोलेर मेयर थापा उनका परिवारसाथ अन्यले पनि अनुगमन गरेका थिए । छिमेकीले गेटमा लगाइ दिएको चावी नेपाल मानव अधिकारका केन्द्रीय उपाध्यक्ष केपी सुवेदीले खोलेका हुन् ।
सम्पूर्ण कोठाका सामानसहित घर पूर्णरुपमा नष्ट भएको छ । आगो अगाडि पट्टि र पछाडि पट्टि दुई तिरबाट छोडिएको हुँदा कुनै कोठाका सामान जोगिएका देखिदैनन् ।
अनुगमनका क्रममा थापाले भने– यो घटना जेनजीका भाईबैनीले नगरी मेरो व्यक्तिगत रिसिइबी गर्ने, व्यक्तिहरुको समूहले नियोजित रुपमा गरेको षडयन्त्र हो । आफूले मंगलबार विहान करिब ५ सयको संख्यामा जेनजीका भाईबैनीहरु मेरो घर अगाडि आउनु भएको र नैतिक मात्र होइन तपाईको फुल्ली समर्थन चाहियो भनेपछि त्यसलाई स्वीकार गर्दै यहि घरदेखि नगरपालिकासम्म सँगै गएर साथ दिएको तथा परिवर्तनका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेको थिएँ ।
आगलागी हुनु अगाडि नै आफूलाई कसैले कल गरेर घरमा आगो लाग्दैछ भन्ने संकेत दिएको थियो । उनले कुनै होटलमा बसेर गगन पुरी र तपाईको घरमा आगो लगाउने कुरा गरिरहेको सुनेको बताएका थिए । अनि फेरी जेनजीका भाईबैनीलाई सम्पर्क गर्दा उनीहरुले हामी त्यस्तो गर्दैनौं भन्ने जवाफ पनि आएको तर साँझमा घरमा आगलागी हुँदा एकसरो कपडा बाहेक अरु केही बाँकी नरहेको उनले बताए । केही सामान्य नगदसहित बहुमूल्य गरगहनालगायतका सम्पूर्ण सामानहरु जलेका र कति सामान उनीहरुले लुटेर लगेको पनि त्यहाँको दृश्यले प्रष्ट्यायो ।
तलका कोठाहरुमा पूर्ण रुपमा आगजनीबाट क्षति भएको भएपनि माथिल्लो तलाको छोरा बुहारीको कोठामा बाकस फुटाउने, ताल्चा फोर्ने, कपडा यत्रतत्र छरेर, घर्राहरु तानेर, पर्स तथा महिलाका हेण्डब्यागहरु खोलेर हेर्ने सबै गरेको देखियो, त्यो भनेको सामान लुटिएको भन्ने सबैको अनुमान थियो ।
थापाले पत्रकार सम्मेलनमा भने – आफु प्रमाण जुटाएर कानुनी उपचारका लागि अगाडि बढ्ने बताए । उनले भने हामीसँग सबै सामाजिक सञ्जाल, भिडियोहरुमा प्रमाण छन् त्यसलाई संकलन गरेर कानुनी उपचार खोज्ने बताए । यो घटनाबाट आफ्नो जिम्मेवारी र
नगरवासीको सेवामा कति पनि विचलित नहुने समेत उल्लेख गरे ।
यता थापाकै छोरा अभिषेकले सबै राजनीति दलका छोराछोरी एउटै नहुने आफु सामान्य रुपमा बाहिरै काम गरेर बसेको र आफ्नो लागि उक्त घर ऐतिहासिक धरोहरको रुपमा उभिएको थियो । बाबाले एक तला र दुई तला गर्दै सम्पन्न गर्नुे भएको घर आज आएर अपराधीहरुको आगजनीबाट ध्वस्त भएको भन्दै गहभरि आँसु बनाएका थिए । आफु बाबाभन्दा पनि छुट्टै आफ्नै पहिचानले बाँचेको पनि उनले बताए ।
