
दमक/ दमक–५ मा सञ्चालित प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्थाले १३ औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षतामा मारवाडी सेवा समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिका संस्थापक उपमेयर, संस्थाकी सल्लाहकार तथा राष्ट्रिय योजना आयोग सदस्य गीता अधिकारी रहेकी थिईन ।
संस्थापक अध्यक्ष तथा खानेपानी सरसफाई उपभोक्ता समिति लेखा संयोजक राधिका ओझा, व्यवस्थापक भावना निरौला, कार्यसमितिका पदाधिकारीहरुलागयतको आतिथ्यता रहेको सो कार्यक्रम उपाध्यक्ष उषा सुवेदीले स्वागत मन्तव्य राखेकी थिईन।

संस्थाकी सचिव सुभद्रा अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा अध्यक्ष अम्बिका अधिकारीले वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेकी थिईन ।
संस्थालाई अमूल्य योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । पुरस्कृत हुनेहरुमा ज्येष्ठ सदस्यबाट शान्त राई, उत्कृष्ट बचतकर्ता जमुना बस्नेत, तुलसादेवी विष्ट, रिता भट्टराई, उत्कृष्ट ऋणीकर्ता सुनाम लिम्बु, पारु राई, सृजना सिवाकोटी, उत्कृष्ट बाल बचतकर्ता ः हिमान्सी फुयाल, सियान्स अधिकारी, थपिएका नयाँ सदस्यहरुको स्वागत तथा सम्मान गरिएको थियो । सो कार्यक्रममा लेखा समिति सदस्य गीता निरौलाबाट सहकारी गित प्रस्तुत गरेकी थिईन भने संस्थापक अध्यक्ष राधीका ओझाले संस्थाले गरेका उन्नति र प्रगति देख्दा र यस्ता महिला सशक्तिकरणको माध्यम बन्ने गरेका कार्यक्रममा उपस्थित हुँदा गर्भानुभूति हुने गरेको बताईन । उनले संस्था मर्ज गर्ने सन्दर्भहरु नआएका होइनन तर यो संस्था विशेष परिस्थितिमा महिलाका लागि विशेष उद्देश्यले खोलिएको हुँदा मर्ज गर्न नदिएको पनि बताईन । उनले महिलाहरु जति नै सुखशयलमा बसे पनि झिनामसिना समस्यासँग जुधिरहन पर्ने स्थितिको निराकरणका लागि संस्था स्थापना गरिएको बताएकी छन् ।

यसैगरी प्रमुख अतिथि गिता अधिकारीले विकास भनेको बाटोघाटो, विजुलीबत्ति मात्र नभएर चेतना रहेको उनले बताईन । महिलाहरुमा जति धेरै चेतना अभिवृद्धि हुँदै जान्छ त्यति घर, परिवार र समाज शिक्षित बन्ने गर्दछ । शिक्षा नै आजको मूल आवश्यकता रहेको उनले औंल्याएकी छन् । उनले सहकारीका माध्यमबाट महिलाहरुको समृद्धि, जीविकोपार्जनको आधार बनेको बताईन । महिलाद्वारा सञ्चालन भएका सहकारी अहिलेसम्म कहिँ कतै पनि खराब नदेखिएको तर पुरुषहरुले सञ्चालन गरेका कतिपय सहकारी खराब सूचीमा परेका कारणले पनि महिलाहरु सहकारी सञ्चालनमा सक्षम रहेको औंल्याएकी छन् । उनले सरकारी योजनासँग जोड्दै महिलाका निम्ति आएका अनेकन कार्यक्रमहरुका विषयमा महिलाले चनाखो भएर खोजीनीति गर्नुपर्ने बताईन । योजना आयोगमा आफु पुगेपछि गरेका कामहरुको फेहरिस्ता समेत पस्किएकी थिईन । ३७ लाख ४४ हजार कूल पुँजी रहेको सो संस्थामा ३६१ जना शेयर सदस्य रहेका छन् । २ करोड ८ लाख बढी बचत रहेको सो संस्थाले क्रमिक बचत, ऐच्छिक बचत, आवधिक मुद्दती बचत, खुत्रुके बचत, पर्व बचत, छोरी बचत जस्ता बचतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । लगानीतर्फ सो संस्थाले महिलाहरुकै संस्था र महिलाका लागि भएकोले विना धितो २ लाख ऋण उपलब्ध गराउँदै आएको छ ।
