देश–समाज समाचार स्थानीय

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा रक्षाबन्धन, झण्डै २ हजारलाई डोरो लगाइयो (फोटोफिचरसहित)

दमक । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमक ५ मा शनिबार रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेको छ । आश्रममा आयोजित सो कार्यक्रमबाट स्थानीय सैयौंको संख्या उपस्थितहरुलाई राखी बाँधेर पर्व मनाइएको छ । सशस्त्र प्रहरी बल नम्बर ३८ रिजर्भ गण तथा सशस्त्र प्रहरी बल पाथिभारा जमान तालिम शिक्षालय, दमक क्षेत्रमा रहेका चारवटा सुधार केन्द्र, बाल आश्रम, इलाका प्रहरी कार्यालय दमक गरेर जम्मा ५०० जाना आश्रम बाहिर र आश्रममा ८०० जना गरेर जम्मा १३०० जना भन्दा बढीले रक्षाबन्धन राखी बाँधी प्रसाद ग्रहण गरेका थिए ।

शनिबार नभ्याउने भएकाले शुक्रबार नै आम्दा हस्पिटल, निम्स हस्पिटल, नमस्ते हस्पिटल, बिर्ताज्योति आँखा हस्पिटल, लाइफलाइन हस्पिटल, दमक हस्पिटलमा रक्षाबन्धन बाँधेको ब्रम्हाकुमार विवेक अधिकारीले बताए । दमक क्षेत्रमा रहेका ६ वटा हस्पिटलमा डाक्टर कर्मचारी र बिरामी समेतलाई गरेर जम्मा करिब ५०० जना भन्दा बढीलाई रक्षाबन्धन राखी बाँधिएको थियो । दुई दिनमा गरी झण्डै २ हजारले राखी बाँधेको उनले बताए । रक्षा बन्धन आउनु केही दिन अगाडिदेखि नै सो केन्द्रले आमन्त्रित गरेको थियो ।

Author

You may also like