ओमप्रकाश गौतम
संसारलाई खुम्च्यायौ
नजिक ल्यायौ
मनका कुरा गर्यौ
मनोबिज्ञान नाप्यौ
सकारात्मक ( नकारात्मक भ्रम फैल्यायौ
हुनेलाइ नहुने बनायौ
नहुनेलाई हुने बनायौ
तिम्रो नेट र इन्टरनेटबाट बिश्व चकित बन्यो
जीवनमै तिमी थाकेनौ
ओहो ! तिम्रो बयान म कसरी गरौ
म त लेख्ने मान्छे तिम्रो टङकन बिना म लेख्नै सक्दिन
मनको कुरा खोल्नै सक्दिन
कहिलेकाही चिच्याउछु
रुन्छु
बोल्छु
केर्छु
ढकढकाउछु
चिथोर्छु
हुटिङ्ग गर्छु
आन्दोलन गर्छु
वादविवाद गर्छु
एकता गर्छु
परित्याग गर्छु
भण्डाफोर गर्छु
फुटाउछु
जोडछु
मेरो नाम सुसांख्य न हो
यसैमा तिमीलाई अक्षरहरु सजाएर
म जीवनको सुरिलो धुन निकाल्छु
तर हिजोआज
तिमी धेरै मातिएको , पातिएको छौ किन ?
यसरी नमातिनु
कहिले नआतिनु
तिमी त संसारलाई उज्यालो बनाउने न हौ
हातहरु फैलाउदै जाउ
युवाहरूको विकृति हटाउन
तिमीलाईनै प्रयोग गरेर
कालो कर्तुत नियाल्दै
अन्धकारलाई हटाउने छन
उज्यालो जनजनमा छाउने छन
उज्यालो जनजनमा छाउने छन
उज्यालो जनजनमा छाउने छन ………………???
हो, आजको युग भनेको बिज्ञान तथा प्रविधिको युग हो । हिजो र आजको दिनमा प्रविधिले आशातित प्रगति गरिदिएको छ । हिजोका दिनमा न प्रविधि थियो जे कामपनि समूह ( समूह मिलेर गर्नुपथ्र्यो, तर आज घरमै बसेर बिश्व संसार देख्न सकिन्छ , नजिकबाट नियालेर हेर्न सकिन्छ । अहिले यतिसम्म प्रविधिले फडको मारेको छ कि त्यो बयान गरेर गर्न सकिने अवस्था छैन । यो हुनु भनेको खुसीको कुरा हो किनकि घरमै बसेर सारा संसारको गतिविधि बुझ्नु भनेको सामान्य कुरो भने पटक्कै होइन । आजको परिवर्तित युगले यो सम्म भन्दैछ कि समाजलाई रुपान्तरण गर्नका निम्ति यही प्रविधिले अनेकन बिज्ञानको निर्माण गरेको छ जो हामीले सजिलै बुझ्न सकिन्न । हिजोको ढुङ्गे युगदेखि आजको आधुनिक युगसम्म आइपुग्दा धेरै कुरामा प्रविधिमा हामी अघि छौ । हामीले कोहिकसैसङ्ग मोलमोलमोलाइ गर्नैपर्दैन । सम्झौता गर्नैपर्दैन । हामीले समाज बुझ्यौ, बर्गीय एकता बुझ्यौ, समाजलाई कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने बुझ्यौ । नकारात्मक सोच भएकाहरुको गिदिमा कसरी सकारात्मक चिन्तन भर्न सकिन्छ भन्ने कुरा प्रविधिबाटै बुझेर निराकरण गर्न सकिन्छ भन्ने कुरा नियाल्यौ । यही भएर हामी प्रविधिको बिकास कसरी भइरहेको छ र यसलाई कसरी प्रयोगगर्ने भन्ने कुरामा जानेरपनि अल्मलिएका छौ, हिजोआज । यतिसम्म गिरेका छौँ कि एउटा चेतनशील प्राणीहरुलाइ समेत हामी चिन्न सक्दैनौ । अनेक आरोप ( प्रत्यारोप लगाउन उद्दत छौँ । अब प्रसङ्ग बदलौ कि सामाजिक संजालको बढदो प्रयोग र यसका असरहरुको बारेमा थोरै चर्चापरिचर्चा गरौं । एक्काइसौं शताब्दीको सुरुवातदेखिनै सामाजिक संजालको व्यापक प्रयोग हिजोआज बढिरहेको छ । विश्वका करिव ८ अर्ब जनसंख्या मध्ये ५ अर्ब जति मानिसहरु कुनै न कुनै सामाजिक संजालको प्लेटफर्ममा संलग्न छन । फेसबुकमा मात्रै करिब ३ अर्ब ७ लाख मानिसहरु आवद्ध छन । त्यसैगरी ट्विटर, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक वीच्याट, टेलिग्राम लगायत अन्य विभिन्न सामाजिक संजालका प्लेटफार्महरुमा मानिसहरु आवद्ध छन । आवद्ध सङ्गसङ्गै एकआपसमा खबर आदानप्रदान एकअर्कामा छ यो खुसीको कुरा हो तर यही खुसी साटासाट गर्ने क्रममा धेरैजनाको नकारात्मक सोच र चिन्तनले गर्दा सामाजिक संजालभित्र नराम्रो असर पर्न थालेको छ । यसमा रिसिवि साध्ने काम, वैमनस्यता कायम गर्ने, घरपरिवार भाड्ने काम बिशेषत ः सामाजिक संजालका यी हरेक माध्यमले गर्दै आएको छ । यसलाई मापडण्ड अनुसार लाने कामको ब्यबस्थापन सम्बन्धित सरोकारवालाहरुले गर्नुपर्ने हो तर त्यो समेत गर्न सकेकै छैन । निश्चित मापदण्डका आधारमा सामाजिक रुपमा आघात पुग्ने काम कोहिकसैले नकारात्मक भ्रम फैलाउने काम गरेको भिडियो र अनर्गल प्रचारवाजी गरेको पाइएमा कडाभन्दा कडा कारवाही गर्नुपर्ने उत्तरदायित्व बहन गर्न सक्ने काम सरकार र सरोकारवाला निकायले गर्न नसकेकै कारणले आज सामाजिक संजालको अवस्था भयावह अवस्था छ । यहाँ सामाजिक संजालका धेरै फाइदाहरु छन । यसको सदुपयोग गरेर मानिसले आफ्नो काम, नाम र सम्मान बढाउन सक्छन । ठूला संचारगृह र मूलधारका मिडियाहरुको एकाधिकारलाई सामाजिक संजालले भत्काएको छ भने सत्य ( तथ्य समाचार छिटोछरितो प्राप्त गर्न सकिने आधार खडा गरेको छ । अनावश्यक रुपको सामाजिक संजालको दुरुपयोग गर्नुपनि समस्या हो भन्ने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । यसको सही सदुपयोगका कारण कतिपय ज्ञान, सिद्धान्त र अभ्यास सिकेर आफूलाई सफल बनाउन सकेका उदाहरण पनि प्रशस्त देख्न सकिन्छ ।
सन २०२३ मा गरेको एक सर्वेक्षण अनुसार ११ देखि १९ बर्ष उमेर समूहका करिब ४१ प्रतिशत ब्यक्तिलाइ कुनै न कुनै प्रकारको मानसिक समस्या उत्पन्न भएको तथ्य प्रकाशन भएको छ । सामाजिक संजालको अत्याधिक प्रयोगकर्तामा संवेगात्मक चोट (रिसाउने, नकारात्मक सोचाइ, अनावश्यक डर, आत्मसम्मानमा कमी र सामान्य सोचाइमा भिन्नता) को विकास हुँदै जान्छ, जसलाई साइवर बुलिङ्ग भनिन्छ । एक अध्ययन र अनुसन्धानका अनुसार साइवर बुलिङ्गको चपेटामा परेका कुल १३ देखि १९ बर्षका ब्यक्तिहरु मध्ये करिब १० प्रतिशत साइवर बुलिङ्गको लक्षण देखापरेको पाइएको अध्ययनले बताएको छ र जसलाई सो उमेर समूहमा देखिने मानसिक रोगको प्रमुख कारण मानिएको हुनाले पनि सामाजिक संजालको प्रयोग गर्दा समयनै यसैमा बिताएर नचाहिदा नकारात्मक कमेन्ट र अनर्गल प्रचारवाजी र हिंसात्मक द्वन्द्व निम्ताउने खालको सामग्री कोहिकसैले ट्याग नगरौं, संजालको उचित रुपमा प्रयोग गरौं ।