दमक । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापा आउने भएका छन् ।
उनी दुई हप्ते बसाइँका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आउने भएका हुन् । आज दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी शाह दमकतर्फ जाने कार्यक्रम रहेको छ । उनी जेठ २५ गतेसम्म झापामा रहने बुझिएको छ ।
पूर्व राजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको टोली शुक्रबार नै काठमाडौंबाट हिमालय महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आइसकेको छ । हिमालय महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरुको आउने जाने क्रम चलिरहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।