दमक / झापाको दमक नगरपालिका कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि वडागत सिलिङ बजेट बाँडफाँड गरेको छ । बाँडफाँडका आधार तय गरेर वितरण भएको वडागत सिलिङ बजेटमा वडागतरुपमा घटीबढी भएको देखिएको छ । सबैभन्दा बढी वडा नं. ३ लाई परेको छ भने सबैभन्दा कम वडा नं. ७ लाई परेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले बताए ।
प्रशासकीय अधिकृत कार्कीले दिएको विवरण अुनसार वडा नंं ३ मा २ करोड १९ लाख ९७ हजार ४ सय ६५ रुपैयाँ परेको छ भने सबैभन्दा कम पाउने वडा नं. ७ मा १ करोड २३ लाख ३२ हजार ८ सय ७६ रुपैयाँ पाएको छ ।
वडागत बजेट तर्जुमा गर्दा तयार गरिएका आधारहरुमा बढी जनसंख्या हुनेले ४५, क्षेत्रफल बढी हुनेले ३५, गरिबीको अवस्थामा १० र वडागत आम्दानी १० प्रतिशत अंकका आधारमा बजेट तर्जुमा भएको छ ।
वडा नम्बर १ मा १ करोड ५४ लाख ७२ हजार २ सय ६, २ मा १ करोड ७७ लाख ६४ हजार २ सय ३१, ४ मा १ करोड ७० लाख ७३ हजार ४ सय ५१, ५ मा १ करोड ५५ लाख ६७ हजार ७९ रुपैयाँको बजेट बन्ने सिलिङ निर्धारण भएको छ । वडा नम्बर ६ का लागि १ करोड २५ लाख ५६ हजार ७ सय ५, ८ का लागि १ करोड ३५ लाख ६९ हजार ८ सय ७४, ९ का लागि १ करोड ८४ लाख ५७ हजार १ सय ११ र १० का लागि १ करोड ५२ लाख ६८ हजार ७ सय ९६ रुपैयाँको बजेट तय गरिएको छ ।भौतिक पूर्वाधारमा ६० प्रतिशत, सामाजिक विकास स्वास्थ्य तथा शैक्षिक सुधारमा १३ प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत, नगरस्तरीय योजनाको साझेदारीका लागि ९ प्रतिशत, मर्मत संभार र वातावरण तथा विपद् व्यवस्थापनमा ४,४ प्रतिशत बजेट खर्च गरिने नीति समेत नगरले निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।
विषगत समितिहरुसँग सहकार्य तथा समन्वय गरी निर्धारित सिलिङ अनुसारको आयोजना ÷कार्यक्रम छनोट गरी जेठ १५ गतेभित्रमा नगरको योजना प्रशासन शाखामा उपलब्ध गराउन नगरपालिकाले वडाहरुलाई परिपत्र गरेको पनि प्रशासकीय अधिकृत कार्कीले बताए ।