समाचार स्थानीय स्वास्थ्य

दमकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, — दमक नगरपालिका वडा नं. ६ को आयोजनामा आयोजित प्रोस्टेट, मुख तथा दाँत रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य शिविरमा आएका नागरिकहरूको परीक्षण गर्नुका साथै औषधि समेत निशुल्क वितरण गरिएको थियो। शिविर नेपाल औषधी व्यवसायी संघ, झापा शाखाको सहयोगमा सम्पन्न भएको हो भने प्राविधिक सहयोग दमक अस्पताल र दमक स्माईल डेन्टल केयर प्रा.लि.ले गरेका थिए।

स्वास्थ्य शिविरमा कुल १०२ जनाले सहभागिता जनाएका थिए। दमक ६ नं. स्वास्थ्य केन्द्रका प्रमुख चेतन निरौलाले उक्त जानकारी दिएका हुन्।

कार्यक्रम वडा नं. ६ का अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिइन । 

कार्यक्रम सञ्चालन वडा सदस्य कमल कुमार श्रेष्ठले गर्नुभएको हो। कार्यक्रममा वडा सचिव प्रकाश घिमिरे, वडा सदस्यहरू लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

यस किसिमका स्वास्थ्य शिविरहरूले सर्वसाधारणलाई प्राथमिक स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

Author

You may also like