देश–समाज समाचार स्थानीय

दार्चुलामा जीप दुर्घटना हुँदा २ भारतीयसहित ८ जनाको मृत्यु,

दमक/ दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । जसमा २ भारतीयसहित ८ जनाको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।
यसैबीच प्राप्त समाचार अनुसार दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो । घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर सुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो । तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएको थियो । पछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो । त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याइएको हो ।
गाउँपालिकामा शोक बिदा
दार्चुलाको शैल्यशिखर नगरपालिकामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएपछि उक्त नगरपालिकाले शोक बिदा दिएको छ । दुर्घटनामा नगरपालिकाका अमिन वीरेन्द्रसिंह रावल, गोकुलेश्वर क्याम्पसमा कार्यरत मिना लेखक र दिलिपसिंह विष्टको मृत्यु भएपछि शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए । ‘नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयमा ३० कात्तिक (आज) शोक बिदा दिइएको छ,’ उनले भने ।
दुर्घटनामा रावल, लेखक र विष्टसहित शैल्यशिखर–५ की २८ वर्षीया शान्ति रावल, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा, ४५ वर्षीय वीरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बस्ने मोहम्मद सालिर र मोहम्मद बसिमको पनि मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार घाइते भएका पाँच जनालाई हेलिकोप्टरमार्फत कैलालीको धनगढी पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत जिप दुर्घटनामा घाइते भएका चालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर नगरपालिका–७ का सन्दिप रावल, शैल्यशिखर
दार्चुला… नगरपालिका–५ का २२ प्रकाशसिंह डागा, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–४ का उत्तम रोकाया र भारतीय नागरिक सोहिन शाहलाई धनगढी पठाइएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।

Author

You may also like