काठमाण्डौ, गृहमन्त्री रामबहादुर थापा (बादल) सवार हेलिकप्टर आकस्मिक अवतरण भएको छ। हेलिकप्टर रामेछापको मन्थली बिमानस्थलमा आकस्मिक अवतरण भएको हो ।
खराब मौसमको कारण आकस्मिक अवतरण गराईएको हो । हेलिकप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका छन् । गृहमन्त्री थापा नेपाली सेनाको एनए–०५६ नम्बरको हेलिकप्टरबाट जनकपुर जादै हुनुहुन्थ्यो । हेलिकप्टर काठमाडौँ फर्किएको छ ।