एउटा कलम बोकेर बस्ने मान्छेले गर्ने जम्मा एउटा काम रहेछ । त्यो भनेको ‘मान्छे पढ्ने’ रहेछ । त्यही भएर होला म मान्छे पढ्ने प्रयत्न गरिरहन्छु ।
अहिलेको नेपाली समाज र तिनका सदस्यहरूको चरित्र पढ्ने हो भने एउटा सारांश निस्किन्छ ( ‘बरू सक्किने, तर नसच्चिने’ । मान्छे सक्किन राजी छ, तर सच्चिन राजी छैन ।
त्यसपछि मैले समाजलाई बडो गहन पढेर त्यही समाजको चरित्र लेख्ने विश्वबिख्यात लेखकहरूका कृतिहरू संभेंm । अनि प्याट्ट दिमागमा रसियन लेखक एन्तोन चेकोभ लाई केन्द्रमा राखें र उनका केही कथाहरू संझें । ती कथाहरूले बोकेको तत्कालिन रसियन समाज र आजका हाम्रा मानछेहरूले बोकेको नेपाली समाजमा मैले कुनै अन्तर भेटिनँ । जसरी चेकोभले ‘आप्mनो बर्तमान जीवनको बाटोले आपैmलाई सिध्याउँदै छ भन्ने थाहा पाउँदा पाउँदै पनि आपूmलाई रूपान्तरित गर्न नसक्ने’ हठी र ‘काँचा’ हरूको कथा पस्के । म आज चेकोभका केही कथाहरूको दृष्टान्त पस्किँदै छु जसमा ‘बरू सक्किने, तर नसच्चिने’ हरूको जीवन्त जीवन पस्किइएका छन् ।
सन् १८९८ मा प्रकाशित भएको कथा ‘द म्यान इन अ केस’ (मुद्धा बोकेको मान्छे) मा बेलिकोभ नाम गरेको प्रमूख पात्र यति निर्मम् कानून, त्राश र एक्लो बाँच्ने सूत्र बनाउँछ । त्यसैको वरिपरि जीवन घुमाउन खोज्छ । ऊ कहिल्यै पनि समय र परिवेश अनुसार आपूmलाई ढाल्दैन । किनभने उसलाई परिवर्तनप्रति डर लाग्छ । त्यो डर बोक्नु भन्दा ‘जे छ त्यसैलाई वकालत गर्नु ठीक’ भनेर ऊ जडतामा बाँच्न थाल्छ । यस्तो एकलकाँटे पाराले ऊ सबै परिवेशबाट अलग्गिन्छ र अन्त्यमा आँपैmको सत्यनाश हुन्छ ।
त्यस्तै चेकोभको अर्को कथा ‘गुजवेरिज (१८९८)’ (ऐंसेलु) मा निकोलाई इभानोविच नामको प्रमूख पात्र एउटा विशाल एेंशेलुको बगैंचाको मालिक हुने उटपट्यांग सपना देख्छ । त्यो प्राप्त गर्नका लागि उसले जवानी, नातागोता, मानवता सबै त्याग्छ । ऊ सच्चिन चाहँदैन । पछि उसले त्यो बगैंचा त हाँसिल गर्छ, तर उसका सबै खुसीहरू मरिसकेका हुन्छन् । त्यो सम्पत्तिभन्दा त खुसी हुनु नै ठूलो रहेछ भन्ने बुभ्mछ र पछुताउँछ । मेरो इच्छा ठीक हो क िबेठीक हो भन्ने पत्तो नपाउनेको कथा हो यो ।
चेकोभको अर्को कथा ‘लोनिच (१८९८)’ (लोनिच), जसमा मुख्य पात्र दिमित्री लोनिच बिस्तारै भावनात्मक र वौद्धिक दुबै तवरले मृत बन्न थाल्छ । जिन्दगी खराब बाटोमा छ भन्ने थाहा पाउँदा पाउँदै ऊ पैसा, घुमफिर र ऐशआरामा जीवन जिउन थाल्छ । ऊ बर्बाद हुँदासम्म उसलाई आपैm हिंडेको बाटोबारे प्रश्न गर्नसम्म पनि मनै लाग्दैन । र अंत्यमा उसको केही पनि लाग्दैन । ऊ सकिन्छ ।
चेकोभको अर्को कथा ‘लेडि विथ द डग (१८९९)’ (कुकुर लिएर हिंड्ने केटी) मा गुरोभ नामको प्रमूख पात्रको ‘सच्चिनुको साटो सक्किन’ तयार हुन्छ । ऊ आप्mनै भड्कीलो नियम बनाएर बाँच्छ, तर ऊ भावनात्मक रूपले रित्तो हुन्छ । कुकुर लिएर हिंड्ने केटीलाई प्रेम गर्न मन गर्छ, तर उसले आप्mनो जीवनमा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । ऊ त्यो गर्न सक्दैन । जान्दैन पनि । त्यसैले ऊ त्यही आप्mनो हठको शिकार भएर नीरस जीवन बाँच्न बाध्य हुन्छ ।
चेकोभको ‘द बिट (१८८९)’ (बाजी) कथामा एउटा वकील संधै १५ बर्ष पछिको कुरा मात्रै सोच्छ । त्यसको योजना बनाउँछ र त्यसलाई प्राप्त गर्न सबै कुरा त्याग्छ । त्यस्तो वाइयात कुराको पछि लागेर जीवन पुनः रित्तो बन्छ । वाइयात कटिबद्धताले उसलाई अंत्यमा सून्यमा धकेल्छ ।
त्यस्तै चेकोभको ‘वार्ड नं सिक्स (१८९२)’ (वडा नं ६) कथामा डा. आन्द्रेइ रेगिन समाजमा ब्याप्त अन्याय र पीडा हुँदा कसैलाई ‘बाल’ नदिइ आनन्दले बस्छ । केही नगर्ने, आपूm पनि नबदलिने बाटो अँगाल्छ । र अन्त्यमा ऊ त्यही व्यवस्थाको शिकार हुन्छ ।
चेकोभको अर्को कथा ‘अ डक्टर्स भिजिट (१८९८)’ (डाक्टरको आगमन) मा एक जना डाक्टरको भेट एउटा यस्तो परिवारमा हुन्छ जुन सम्पन्न र सुबिधायुक्त देखिन्छ । तर वास्तवमा त्यो परिवार अस्वस्थ, नास्तिक, क्रुर हुन्छ । तिनले आफुलाई बदल्नको साटो ‘दुखी’ जीवन बिताइरहन रम्छन् ।
एन्टोन चेकोभका यी प्रतिनिधि कथाहरूले अठारौं शताब्दीको अन्त्यतिरको रसियन समाजको बिम्ब पस्केका छन् जसमा मानिस ‘सच्चिनभन्दा सकिन’ तयार हुन्छ ।
आज म नेपाली समाज पढिरहेको छु । र देखिरहेको छु मान्छेहरू जो ‘सच्चिनभन्दा सकिन तयार’ छन् ।
दलहरूका चौतर्फी आलोचना छन् । आप्mनै दलभित्र ‘लाइनहरू’ छन् । गुटहरू छन् । खुट्टा तानातान छन् । आप्mनै कारणले जेनजी आन्दोलन भयो र हामी बढारियौं भन्ने होस पनि छैन । जनताले ‘भोट अर्कैलाई’ दिइसके । त्यो कुराको हेक्का न त केपी ओलीमा छ, न त शेर बहादुर देउवामा छ, न त पुस्पकमल दाहालमा नै छ । चार दशकदेखि ‘राज्य नियन्त्रण’ गरेर बानी परेका उनीहरू न त नेतृत्व छोड्न चाहन्छन्, न त अरूलाई नेतृत्व बिकास गर्न चाहन्छन् । ती अभैm अर्काको बिरोध गरेर आपूm पहिलो हुने सपना बाँडिरहेका छन् । म देखिरहेको छु, जनताले चुनाव मार्पmत ‘बाघलाई मुसो बनाउँदा’ उनीहरू निर्धक्क, बेसरम ‘म बाघ हुँ’ भन्न भ्याइरहेका छन् । यस्तो बेसरमी कुरा गरेको देख्दा जाललाई पनि लाजै लाग्छ होला ।
अर्कोतिर अनुहारको ‘बिक्रि’ गरेर ब्यापक जनलहर ल्याएर बहुमत ल्याएको रास्वपा र तिनका नेताहरूको सोच र सार खास भिन्न देखिएन । हर कुराहरूमा आलोचना भएको अवस्थामा आप्mनै दलका सांसदहरू सरकारको आलोचनामा उत्रिएका छन् । बाढीले थिलथिलो भएको बेला बिपक्षि दलहरू ‘रोटी सेकाउन’ उद्दत छन् । उता भारतले ‘ब्रिक्स’ सम्मेलनमा ‘दुनियाँभरका’ देशहरूलाई अतिथि बालाउन सक्ने तर आप्mनै ‘खुला सिमकाना भएको’ छिमेकीलाई ‘बालै’ नदिने देखियो । नेपालले एउ टा महत्वपूर्ण ‘मन्च’ गुमाउनु परेको छ । यो कुटनीतिक असफलता हो । रास्वपा आन्तरिक र बाह्य परिवेशलाई मिलाएर लैजान सक्ने ल्याकत राख्नु पर्छ । बालेन्द्र शाह र रवि लामिछने अब एन्टोन चेकोभका ‘कथाका पात्रहरू’ जस्तो बनिने खतरा देखिँदैछ । त्यो खतराबाट मूक्ति पाउन निकै मुस्किल पर्छ ।
म पनि त्यस्तै प्राणी परेंछु भन्ने लाग्छ । श्रीमतिले ‘यस्तो नलेख न बूढा’ भन्दा मैले टेरें त ? मलाई नि सक्किन मन लागिराखेको जस्तो छ ! किनभने मान्छे ‘सच्चिनभन्दा सक्किन’ लालायित हुने प्राणी हो ।
– दमक, झापा

Author

You may also like