देश–समाज सम्पादकीय स्थानीय

प्रि–मनसुनको प्राकृतिक सूचक सचेत र सर्तकताको संकेत

यतिखेर प्रि–मनसुन चलिरहेको छ । वर्षा हुन अझै केही समय बाँकी रहँदा आएको हावाहुरी र वर्षाले धेरैतिर क्षति पु¥याईरहेको छ । यो प्रिमनसुनमा प्रकृतिले देखाएको सूचकले आउने विपत्तिको सामना ग्र्न सचेत र सर्तक रहन गरेको संकेत पनि हो । वर्षासँग आएको हावाहुरीले वैशाख यता नै ठूलो क्षति भईसकेको छ । गएराती मात्र हुरीले घर भत्कँदा झापामा एकजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । २०८२ वैशाख यता नै हावाहुरीले ठूलो जनधनको क्षति गरिसकेको छ । सरकारी तथा गैरसरकारी क्षेत्रमा पु¥याएको क्षतिले ठूलो नोक्सानीसमेत भएको छ । धेरै मात्रामा नोक्सानी किसानले व्यहोरिरहेका छन् । अघिल्लो हप्ताको हुरीबतासले झापामा ५१ लाख बढीको केराखेती नष्ट गरिदिएको छ । हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिप्रका झापाका प्रवक्ता खड्काले बताएका छन् । हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । यसैगरी दमकका विभिन्न वडाहरुमा ठूलो क्षति पु¥याएको नगरप्रमुख रामकुमार थापाले बताएका छन् । सबैभन्दा धेरै वडा नं. ९ मा क्षति भएको छ । कैयौं किसानका खेतबारीमा नोक्सानी पु¥याएको छ । आर्थिक पहुँच कम भएका परिवारका झुप्राका छाना उडाएको छ । कैयौ ठाउँमा बाटो अवरुद्ध भएको छ । यो हुरी बतासको वितण्डासँगै आएको प्रिमनसुनले पनि धेरैतिर जोखिमको संकेत मात्र देखाएको छैन । अहिले नै बाटो अवरुद्ध हुन थालेको छ ।
वर्षा सुरु हुनासाथ हाम्रो अर्को चुनौती हो– बाढी, पहिरो र डुबान । गत वर्षकै वर्षाले क्षति पु¥याएका सडक अहिले सामान्य पानी पर्दा भत्किन थालेका छन् । सरकारले जोखिम न्यूनीकरणको पूर्वतयारी त गरेको छैन नै गत वर्ष भत्किएका सडक समेत बनाउन सकेको छैन । केही दिन अगाडि मध्यम वर्षा हुँदा बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको तीन ठाउँमा अस्थायी सडक बगायो । सडक डिभिजन कार्यालय सिन्धुली र काभ्रेले पुनस् अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गराए पनि फेरि पानी पर्नासाथ सडक बगाउने जोखिम कायमै छ । रोशी खोलामै आएको बाढीले महाभारत गाउँपालिका जोड्ने अस्थायी पुल बगाउँदा महाभारत गाउँपालिकासँगको सडक सञ्जाल टुटेको छ । नेपालमा चैत, वैशाख र जेठलाई प्रि मनसुनको समय भनिन्छ । यो बेला स्थानीय र पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा हुन्छ । तर, यस पटक प्रिमनसुनमा परेको पानीले जनजीवन प्रभावित मात्रै भइरहेको छैन काभ्रेमा एक महिलाको ज्यानै पनि गयो । वैशाख २१ गते पनि हल्का वर्षा हुँदा बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको थियो । मनसुन भित्रिन लाग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ६ राष्ट्रिय राजमार्गका ३२ ठाउँलाई जोखिमको सूचीमा राखेको छ । पृथ्वी राजमार्गका ४, बीपीका १६, अरनिकोका ४, कान्तिका ४, पूर्वपश्चिम राजमार्गका २ र मेची राजमार्गका २ स्थानलाई जोखिमको सूचीमा राखिएको हो ।गत वर्ष असोज दोस्रो साता आएको बाढी र पहिरोले विभिन्न राजमार्गमा क्षति पु¥याएको थियो । बीपी राजमार्गको त करिब ८ किलोमिटर खण्ड नै बगाएको थियो । यी सडकमा अझै स्थायी संरचना निर्माण सुरु भएको छैन । जसले गर्दा सामान्य पानी पर्दा नै थप क्षति हुने गरेको हो । सडक भत्किएमा मर्मतमा मात्र चासो दिएको सरकारले क्षति हुनै नदिने गरी रणनीति बनाउन सकेको छैन । यसले गर्दा पनि बर्सेनि वर्षात्का बेला राजमार्गहरू अस्तव्यस्त हुने गरेका हुन् । अझ यस वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागले गरेको छ । तर, सरकारको काम गर्ने गति सुस्त छ । विपत्तिमा जनधनको क्षति हुन नदिन सरकारले नै बढीभन्दा बढी तदारुकता देखाउँदै नागरिकस्तरबाट सचेत र सतर्क रहन आवश्यक देखिन्छ ।

Author

You may also like