स्थानीय

भट्टराई कुल पूजामा १५ सय बोका बली दिइँने

दमक, २९ मंसिर ।
दमकस्थित भट्टराई कुलवंश प्रतिष्ठानको कुल पूजा ( देवाली ) आगामी पुष १ गतदेखि ९ गतेसम्म आयोजना हुने भएको छ । प्रतिष्ठानले हरेक तीन/ तीन बर्षमा गर्दै आएको कुलपूजा यसवर्ष पनि भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको कुलपूजा मूल आयोजक समितिका संयोजक समेत रहेका प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।
विहिवार प्रतिष्ठान परिषरमा आयोजित पत्रकार सम्मेलनमा कुलपूजालाई भब्य बनाउन तयारी स्वरुप ९ सय १४ वटा टहरा निर्माण गरिएको र दश हजार बढी आगन्तुकलाई अटाउने बासस्थानको ब्यवस्था गरिएको सचिव जीवराज भट्टराईले जानकारी दिए ।
कुलपूजा अन्तर्गत प्रतिष्ठानको केन्द्रीय कार्यालय रहेको दमक -४ स्थित बशिष्ठ आश्रममा पुष १ गतेदेखि बैदिक विधिबाट कुलपूजा गरिने र ९ गते बली दिने कार्यक्रम तय गरिएको भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरवहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो पटक २५ सय बढी बोका बली दिने अनुमान गरिएको छ । पुष ८ गते साँझबाट टहरामा विधिपूर्वक बोका पर्सेर रातभर बसेर विहान बोका बली दिन गरिनछ, बोका बलिदिन नेपालबाहेका भारतको सिक्किम, वर्मा, दार्जीलिङ, मनिपुरलगायतबाट आउने क्रम जारी रहेको छ भने भुटान र अमेरिकाबाट समेत प्रतिनिधित्व हुने उनले बताए ।
कुलपूजाको समापन गर्न करिव २० लाख अनुमानित बजेट विनियोजन गरिएको जनाइएको छ भने खाने र बस्ने ब्यवस्थाकोलागि भौतिक संरचना तयारी गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य धनबहादुर भट्टराईले जानकारी दिए ।

Author

You may also like