मुख्य राजनीति

व्यवसायिक तालिममा ओलीको जोड

दमक/ पार्टीले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी (पुष्पलाल) लोकमार्ग समृद्धिका लागि संकल्प अभियान’ अन्तर्गत बुधबार भोजपुर आइपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई व्यवसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन् ।
एमालेको टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका पहाडी क्षेत्रका बासिन्दाहरुको समृद्धिको कुरामा जोड दिन सीपको विकास गरेर आयआर्जन गर्ने कुरामा ध्यान जानु पर्ने बताएका हुन् । ओलीले सीप प्रवद्र्धन र स्वरोगजारीको कार्यक्रम थालेको अवस्थामा विरोधीहरुले त्यो काम सहन नसकेर एमालेलाई पाखा लगाएको टिप्पणी गरे । ‘एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लाग्यो । अहिले त देश विकासको काम ठप्प नै भयो ।’ उनले भने ‘यस्तो स्थितिलाई बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ ।’ देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने दाबी गर्दै उनले थपे ‘नेकपा एमालेले देश बनाउने कामको नेतृत्व गर्छ, यस काममा सही तरिकाको साथ अघि बढ्न पर्छ ।’
किराती पहिरनमा रहेका अध्यक्ष ओलीलाई स्थानीयले ढोल झ्याम्टा सहित बाजागाजाले स्वागत गरेका थिए । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा सहभागीलाई स्वागत गर्न गाउँ गाँउबाट सर्वसाधारण आएका थिए । ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रह्यो । स्वागत गर्न आएकाहरू आप्mना जातीय पहिरन र भेष भूषामा सजिएका थिए । यात्राको टोलीले बिहीबार धनकुटाका लागि कार्यक्रम गर्नेछ ।
एमाले अध्यक्ष ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको यात्रा १३ औं दिनमा कोशी प्रदेश प्रवेश गरेको हो । कोशीमा प्रदेशको नामप्रति असहमति जनाउँदै पहिचानवादीहरुले टोलीलाई अवरोधको प्रयास गरेका थिए । टोली मंगलबार पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै उदयपुरको घुर्मीबाट कोशी प्रदेश प्रवेश गरेको थियो । घुर्मीमा अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट हजारौंको संख्यामा मानिसहरूको उपस्थिति रहेको छ । ओखलढुंगाको हर्कपुरमा सभा सम्पन्न गरेर टोली खोटाङको हलेसी पुगेको थियो । यसक्रममा ओलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ मा रहेको पंखु लप्से खानेपानी आयोजना उद्घाटन् समेत गरे ।
फलफूलबाट मदिरा उत्पादनको माग
खोटाङका ज्येष्ठ नागरिकहरूले जिल्लालाई फलफूलबाट मदिरा उत्पादनको केन्द्र तोक्नका लागि ओली समक्ष माग गरेका छन् । एमालेले सञ्चालन गरेको सङ्कल्प यात्रा अन्तरगत खोटाङ पुगेका अध्यक्ष ओलीलाई
व्यवसायिक…मदिरा उत्पादन गरी निर्यात गर्ने वातावरण गराउन ज्येष्ठ नागरिक सङ्घ खोटाङले बुधवार बिहान अनुरोध पत्र बुझाउँदै त्यस्तो माग अघि सारेका हुन् । ओलीसँग अन्तरक्रिया गर्दै प्रदान गरिएको पत्रमा, स्थानीयको आर्थिक समृद्धिका लागि फलफूलबाट मदिरा उत्पादनको थलो बनाउने आवश्यक व्यवस्था मिलाउन ओलीलाई सुझाव समेत दिइएको छ ।
सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरे र सचिव र राम ताम्राकारले बुझाएको अनुरोध पत्रमा मदिरा उत्पादनका लागि आवश्यक कानुनी प्रक्रियाको जिम्मा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । खोटाङ जिल्लामा विभिन्न प्रकारका मदिरा उत्पादन हुने फलफूलहरू खेर गएको अवस्थामा बाहिरबाट मदिरा आयात भइरहेकाले अव यस्तो कार्य बन्द गरी खोटाङमै मदिरा उत्पादन गर्न र मदिरा उत्पादन केन्द्र तोक्ने व्यवस्था मिलाइदिन पत्रमा अनुरोध छ । प्रत्येक घरमा फलफूलबाट मदिरा उत्पादन हुने १० देखि १ सय वोट सम्म रोप्ने, बिरुवा औषधि प्राविधिक सहायता वन कृषि कार्यालय र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । साथै नदीको किनारमा बाह्रै महिना खेती हुने खेतीयोग्य जमिन बाझै रहेको भन्दै यस्ता जमिनको समेत उपयोग गरिनु पर्ने पनि उल्लेख गरिएको छ । जेष्ठनागरिकसँगको भेटघाटका क्रममा ओलीले खोटाङ आएर ज्येष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको र आफू सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा १८ दिने संकल्प यात्रा अघि बढाएको छ । यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली रहेको छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने कार्यक्रम छ ।

Author

You may also like